प्रेस सेन्टर दोलखामा नयाँ नेतृत्व

चरिकोट (दीस) – प्रेस सेन्टर नेपाल दोलखामा नयाँ नेतत्व चयन भएको छ । चरिकोटमा भएको पाँचौ जिल्ला सम्मेलनले शिव कुमार भुजेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित गरेको छ। समितिको खुल्ला उपाध्यक्षमा शिवजी प्रधान,समाबेसी उपाध्यक्ष सिर्जना गोले,सचिव सुरज बस्नेत,खुल्ला सहसचिव राजु थापा, समाबेसी सहसचिव करुणा बस्नेत र कोषाध्यक्षमा केदार दहाल निर्वाचित हुनु भएको छ । सदस्यहरुमा केदार तामाङ,पवित्रा सेढाइ,प्रमिला नेपाली, पवना कार्की,बिन्दा खड्का र सविन के.सी रहनु भएको छ । त्यसैगरी सम्मेलनले प्रदेश प्रतिनिधिमा केन्द्रज्योति खड्का,गौतम जिरेल,सुन्तली थामी,दुर्गा बस्नेत र उपेन्द्र प्रधान लाई निर्वाचित गरेको छ । केन्द्रिय प्रतिनिधिमा तेन्जिङ शेर्पा, सन्तोषी कार्कि,सन्तोष भुजेल र सिर्जना थापा (खड्का )लाई चयन गरेको छ। प्रेस सेन्टर नेपाल दोलखाका संयोजक शिव कुमार भुजेलको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा पुर्व राज्यमन्त्री एवम् नेकपा माओवादी केन्द्र दोलखाकी इन्चार्ज देवी खड्का, प्रेस सेन्टर नेपालका बागमती प्रदेश ईन्चार्ज लक्ष्मण खड्का,प्रेस काउन्सिल नेपालकाका सदस्य एवम् दोलखाका अग्रज पत्रकार चिरञ्जीवी मास्के,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं प्रेस सेन्टर नेपालका बागमती प्रदेश अध्यक्ष सुनिल खड्का, पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाँई, उपाध्यक्ष श्रृजन कुमार घिमिरे , प्रेस युनियन कार्यवाहक अध्यक्ष गोर्कण भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रममा दोलखाका अग्रज पत्रकार राजेन्द्र कुमार श्रेष्ठ लाई सम्मान पत्र सहित सम्मान समेत गरेको छ।

Shares

Be the first to comment on "प्रेस सेन्टर दोलखामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*