मेलुङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

चरिकोट, मंसिर ६
दोलखाको मेलुङ गाउँपालिकामा लैङ्गिक उत्तरदायी बजेट विषयक दुई दिवसीय अभिमुखीकरण कार्यक्रम सकिएको छ । जनप्रतिनिधि, कर्मचारी र लैंगिक क्षेत्रमा कार्यरत सरोकारवालाहरुका लागि गरिएको अभिमुखीकरण कार्यक्रमको आयोजना प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेश सुशासन केन्द्र, बागमती प्रदेश जावलाखेल र मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले गरेको हो । कार्यक्रममा सहभागीहरुलाई कृष्ण घिमिरे, सावित्री थापाले सहजीकरण गर्नुभएको थियो । उहाँहरुले लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन, बजेट नतिजामूलक बनाउन गरिने कार्य, यसको आयाम लगायतको विषयमा जानकारी दिनुभएको थियो । गाउँपालिकाको चालु आवको लागि विनियोजित लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन गरी प्रभावकारी परिणाम ल्याउन अभिमुखीकरण कार्यक्रमले टेवा पुग्ने जनाएको छ ।

Shares

Be the first to comment on "मेलुङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*