दीक्षण दैनिक आज छैटौँ बर्षमा प्रवेश

आज हामी पाँचौ बर्ष पुरा गरी छैटौँ बर्षमा प्रवेश गरेका छौ । हामी भूकम्पले थिल्थीलो भएको बेला २०७३ साल आज कैै दिन देखि दोलखा जस्तो हिमाली जिल्लामा दैनिक पत्रिकाको शुभारम्भ गरेका थियौ । पाँचौ बर्ष पार गरी छैटौँ प्रवेश गर्दा हामीले कोभिडको महामारी भोग्नु प¥यो । महामारीका बीचमा पनि प्रकाशन जारी राखेका थियौ । बितरणमा भने समस्या भएको थियो । अनलाइन संस्करणलाई भने निरन्तरता दिएका थियौ । केही सहज हुना साथ हामीले वितरणलाई निरन्तरता दिएका थियौ ।
हाम्रो जस्तो सानो बजार भएको स्थानमा दैनिक पत्रिका संञ्चालन गर्न आफैमा चुनौतिपूर्ण रहेको छ । हामीले जस्तो सानो लगानीमा स्वरोजगार मिडिया चलाउनु आफैमा चुनौती पुर्ण रहेको छ । कहिले काँही धम्की आउने , आफु अनुकुल पत्रकारीता गर्न बिभिन्न प्रभोलन दिने जस्ता कार्य हुने गरेका छन् । त्यसलाई दैनिकले चिर्दै आएको छ । हामी सत्यको पक्षमा बोल्दै आएका छौ । हामी कसैको मुख पत्र हुन बन्न हुन्न, भन्ने विश्वासलाई आत्मासात गर्दै सोही मर्म अनुसार निष्पक्ष समाचार संंप्रेषण गर्दै आएका छौ ।
हामीले दोलखालाई केन्द्र बिन्दु बनाएर देश तथा विदेशको समाचार संप्रेषण गरेका छौ । हामी पत्रकारिताका माध्यमबाट समाजमा उठेका सकारात्मक अभियान र जनताका आवाजलाई उजागर गर्ने र समाजमा रहेका बिकृति बिसंगति तथा भ्रष्टचारको विषयमा कठोर नीति लिएका थियौ । त्यही अनुसार हामीले समाचार संप्रेषण गरेका छौ । हामिले “माटो सुहाउदो” पत्रकारितामा विश्वास गरेका छौ ।
हाम्रो यात्रामा सहयोग गर्नु हुने पाठक वर्ग , विज्ञापनदाता , स्थानीय सरकार , सरकारी कार्यालय सहकर्मीसाथीहरु , अग्रज पत्रकारहरु सवै शुभचिन्तक प्रति अभार प्रकट गर्दछौ । भोलीका दिनमा तपाईहरुको सल्लाह सुझाब अनुसार हाम्रो दैनिक समाजमा रहेका समस्याहरुलाई उठान गर्ने प्रतिबद्धता जनाउछौ । भोलीका दिनमा सबै क्षेत्रको सहयोगमा यस दैनिकलाई निरन्तरता दिने प्रतिबद्धता जनाउछौ ।

Shares

Be the first to comment on "दीक्षण दैनिक आज छैटौँ बर्षमा प्रवेश"

Leave a comment

Your email address will not be published.


*