दीक्षण समाचार /चरिकोट, – दोलखाको तामाकोशी गाउँपालिकाले रेबिज रोग नियन्त्रणका लागि कुकुर बिरालोलाई खोप लगाउने भएको छ । पशुपन्छी विकास शाखाको २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार रेबिज रोग नियन्त्रण कार्यक्रम अन्तर्गत कुकुर बिरालोलाई रेबिज रोग विरुद्धको खोप लगाइने भएको हो । रेबिज रोग लागेको कुकुर, बिरालो, स्याल लगायतका पशुको टोकाईबाट मानिसमा वा अन्य स्तनधारी प्राणीमा रेबिज रोग सर्दछ । कुकुर र बिरालो मानिसले आफूसँगै पाल्नुका साथै समुदायस्तरमा यसको बिगबिगी छ । जसले गर्दा रेबिजको खतरा रहेको कुरालाई दृष्टिगत गर्दै कुकुर र बिरालोलाई शिविर आयोजना गरी रेबिज विरुद्धको खोप दिन लागिएको बताइएको छ । पायक पर्ने स्थानमा शिविर आयोजना हुने भएकोले आफ्ना कुकुर र बिरालोलाई रेबिज बिरुद्धको खोप लगाई सुरक्षित हुनको लागि गाउँपापिलकाका पशु चिकित्सक कुश बहादुर जिरेलले बताउनुभयो । शिविर मंसिर ९ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिनेछ । उहाँको अनुसार मंसिर ९ गते वडा नं. ७ , हाँवा देउराली, १० गते शुक्रवार वडा नं. ६ च्यामा वडा कार्यालय, १२ गते वडा नं. ५ शहरे वडा कार्यालय, १३ गते वडा नं.४ मालु वडा कार्यालय परिसरमा शिविर सञ्चालन हुने छ । मंसिर १५ गते वडा नं. २ स्थित वडा कार्यालय, १६ गते वडा नं.१ भिरकोट वडा कार्यालय, १८ गते वडा नं.३, जफे स्थित कालापानी मा.विको प्राङ्गणमा शिविर चल्ने छ ।
कुकुर र बिरालोलाई रेविज विरुद्ध खोप दिइने
Posted By: दीक्षण दैनिक ३ मंसिर २०७८, शुक्रबार १५:४५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "कुकुर र बिरालोलाई रेविज विरुद्ध खोप दिइने"