दोलखामा एमालेको महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

चरिकोट (दीस) – नेकपा एमाले दोलखा जिल्ला कमिटीले दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । जिल्लाका शीर्ष नेताहरुको सहमतिमा २३ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । प्रतिनिधिमा खुल्लातर्फ जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित ५ जना चयन हुनुभएको छ । खुल्लातर्फ डवल पाण्डे, भरत दुलाल, कृष्ण भुजेल र हर्क पाख्रिन रहनुभएको छ । दलिततर्फ सुन्दर लामीछाने र टेक घतानी चयन हुनु भएको छ । महिलातर्फ शान्ती पाख्रीन ,कालिका पाठक,कमला बस्नेत,उर्मिला थामी, गायत्री आचार्य,गोमा केसी ,शान्ति कुमारी तामाङ र भुगोलतर्फ ,नर बहादुर श्रेष्ठ (मेलुङबाट), बालकृष्ण शिवाकोटी (कालिञ्चोकबाट) ,भरत के सी (भिनपा बाट) , जिवस राज खड्का (तामाकोशीबाट) , मित्र जिरेल (जिरीबाट) हेमन्त चौलागाईं (बैत्यश्वरबाट) ,धन बहादुर तामाङ (शैलुङ्गबाट) ठुला थामी (बिगुबाट) शुभ शेर्पा (गौरीशंकरबाट) चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा एमालेको महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन"

Leave a comment

Your email address will not be published.


*