इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २७
प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदा र सुन्दरताले भरिपूर्ण पर्यटकीय जिल्ला दोलखालाई सडकले गिज्याइरहेको छ । यहाँको पर्यटकीय स्थलको नजिक पुग्दा स्वर्गको आभास हुन्छ । तर सडकको दुरावस्थाको कारण यात्राको क्रममा निकै असहज र सकस हुन्छ ।
दोलखालाई देशको राजधानी काठमाडौँसँग जोड्ने खाडीचौर चरिकोट सडकखण्ड अन्तर्गतको दोलखा क्षेत्रमा पर्ने ३० किलोमिटर मुडे–चरिकोट सडकखण्ड ठेकेदारको लापरबाहीको कारण वर्षाैँदेखि अलपत्र छ ।
यो सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी सकिल हैदर र नेपाली निर्माण कम्पनी शंकरमाली—सुनौलो खिम्ती जेभीले २०७२ सालमा पाएको हो । ७९ करोडमा निर्माण सम्भौता भएको सडकको सोही वर्षदेखि काम सुरु भएको थियो । राजनितिक पहुँचको आधारमा तीन पटक म्याद थप भयो । तर हालसम्म पनि सडक निर्माणले गति लिएको छैन । भारतीय एक्जिम बैंकको सहयोगमा यो सडक निर्माण सुरु भएको हो । कँहीकतै ग्राभेल गर्ने काम भएपनि कालोपत्रेमा प्रगति हुन सकेको छैन ।
जीवनशैली सहज र गुणस्तरीय बनाउनको लागि सडक सुधार हुने पर्खाइमा रहेका यहाँका नागरिक सडक निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अवस्था नफेरिएपछि चिन्तित भएका छन् । अलपत्र सडकले गर्दा जिल्ला भित्रने र बाहिरीने सवारी साधनमा यात्रुले वर्षमा हिलो र हिँउदमा धुलो सहदैँ कष्टकर यात्रा गर्न बाध्य हुनुपरेको छ । अस्तव्यस्त सडकले दुर्घटनाको खतरा रहेपनि जोखिम मोलेरै यात्रा गर्नुपर्ने स्थिति छ । दैनिक आवातजावत गर्ने सयौँ सार्वजनिक, निजी र सरकारी गाडीले सहज सेवा दिन सकेको छैन, भने सिकिस्त बिरामी तथा सुत्केरी आमालाई यो सडक भएर एम्बुलेन्समार्फत समयमैँ अस्पताल पु¥याउँन नसक्दा ज्यानै जोखिममा पर्ने गरेको छ । चरिकोट अस्पतालका एम्बुलेन्स चालक राम बहादुर थापाले सडक कालोपत्रे नहुँदा समस्या भएको बताउनुहुदैँ भन्नुभयो “बिरामीलाई तीन घण्टामा काठमाडौँको अस्पताल पु¥याईसक्नुपर्ने लक्ष्य राखिएपनि अव्यस्थित सडकको कारण साँढे चार घण्टा लाग्छ । दुई गीयरमा दौडाएर छिटो अस्पताल लाने मन भएपनि एक गियरमैँ चलाउनुपर्ने बाध्यता छ ।”
सडकको यात्रा कष्टपुर्ण हुने भएपछि पर्यटकीय जिल्लामा यो सडक हुँदै आउने पर्यटकको संख्या घट्दो छ । चरिकोटका होटल व्यवासायी कुमार श्रेष्ठले यो सडक भएर आएका पर्यटकहरु सडक धुलाम्मे र हिलाम्मे भएको देखेपछि अर्काेपटक फर्केर आउन नमान्ने गरेको बताउनुहुन्छ । उहाँले बाटोकै कारण जिल्लामा पयर्टन व्यवासाय साथै अन्य व्यवासायमा घाटा व्योहोर्नू परिरहेको बताउनुभयो । “ प्राकृतिक सुन्दरताले दोलखा अग्रस्थानमा छ । तर विकासमा भने पछाडी नै परेको उदाहरण मुडे चरिकोट सडकमा पाउन सकिन्छ ।”
सडकको दुरावस्थाकै कारण यीयस्ता परिणाम भोग्दै आएका जिल्लावासीले ठेकेदारलाई जिम्मेवारी अनुसारको काम छिटो सक्न विभिन्न शैलीमा खबरदारी गरिरहेका छन् । यसैगरी खाडीचौर चरिकोट सडक सुधार आयोजनाले बेलाबेलामा ताकेता गरिरहेको छ । तर ठेकेदारको मनपरी र लापरबाही कायमै छ । उसले केही समय काम गरेजस्तो गरी झुक्याउने, ढाँट्ने र भाग्ने मात्र काम गरिरहेको छ ।
ठेक्का तोड्ने तयारी
निर्माण कम्पनीको लापरबाहीले हद गरिसकेकोले मुडे–चरिकोट सडक सुधार आयोजना अब उक्त कम्पनी सँगको ठेक्का तोड्ने अन्तिम तयारीमा लागेको छ ।
अबको १५ दिनभित्र काम सुरु गरी तीव्र पार्न निर्माण कम्पनीलाई चेतावनी दिएको र सो अवधिमा चित्त बुझ्दो काम नगरी पहिलेको झैँ ढिलासुस्ती र लापरबाही गरेमा ठेक्का तोड्ने सडक सुधार आयोजना प्रमुख कृष्ण पन्तले भन्नुभयो ।
ठेकेदारले सडक निर्माणलाई तीव्रता दिने भन्दै कुरा मात्र गरेर छ वर्षको अवधिमा शक्ति केन्द्र धाएर पटकपटक म्याद थपेर बिताएकोले अब उसको कुनैपनि आश्वासन र कुरा पत्याउन नहुने उहाँले बताउनुभयो । आफू आयोजना प्रमुख भएर आउने बितिकै सडकको निकास खोज्ने प्रयास गरेको भएपनि सम्भव नभएको तर अहिले भने ठेक्का तोड्ने निर्णय गर्न अन्तिम कसरत गरिरहेको उहाँको भनाई छ ।
“ठेकेदारले चाहेको खण्डमा दुईदेखि तीन महिना भित्रमा सडक निर्माण सम्पन्न हुने भएपनि काम गर्न तयार देखिदैन ।” उहाँले भन्नुभयो । “अब यो निर्माण कम्पनीसँग ठेक्का तोडेर अर्काे ठेक्का लगाई सडक सुधारको काम अघि बढाउनु बाहेक अन्य उपाय छैन । यसैमा सबैको भलो हुन्छ । यसको लागि सरकारले स्रोत सुनिश्चित गर्नुपर्छ ।”
Be the first to comment on "मुडे–चरिकोट सडकमा ठेकेदारको लापरबाही कायमै, ठेक्का तोड्ने आयोजना प्रमुखको भनाई"