बबिना नेपाली
चरिकोट, कार्तिक २४
नेपाल सुशासन अभियान दोलखा जिल्ला कमिटि गठन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच बासुदेव तिवारीको संयोजकत्वमा कमिटि गठन गरिएको हो ।
कमिटिका सदस्यहरुमा स्टालिन श्रेष्ठ, रविन शिवाकोटी, भीमशेन श्रेष्ठ, विन्दा कार्की, शंकर कुमार ओली र रामकृष्ण थपलिया चयन हुनुभएको छ ।
कमिटिले दोलखामा भ्रष्टाचार विरुद्ध जनजागरण कार्यक्रमहरु सञ्चालन गरी सुशासन कायम राख्न सक्रियता बढाउने छ । समृद्ध समाज निर्माण गर्नका लागि भ्रष्टाचार न्यूनिकरण गर्नु आवश्यक रहेकोले संगठित भएर भ्रष्टाचार विरुद्ध आवाज बुलन्द पार्ने गरी कमिटि गठन गरिएको संयोजक बासुदेव तिवारीले बताउनु भयो ।
सुशासन अभियानमा ऐक्यबद्धता चाहने जिल्लाका जोकोही व्यक्ति पनि कमिटिको सदस्य बन्न सक्ने छन् । “जसले समाजको विकास चाहन्छ ति सबै एकै ठाउँमा उभिन हामीले अपिल र आह्रवान गरिराखेका छौँ ।” संयोजक तिवारीले भन्नुभयो, “अहिले ७ सदस्यीय कमिटि गठन गरिएको छ । यसमा अरु मानिसहरु पनि रहन सक्ने छन् ।”
Be the first to comment on "नेपाल सुशासन अभियान दोलखा जिल्ला कमिटि गठन"