दोलखाको चिलंखामा अस्पताल बन्ने पक्का

चिलंखा – दोलखाको विगु गाउँपालिका–५, चिलंखामा अस्पताल निर्माण हुने भएको छ । जर्मन नागरिकहरुको सहयोगमा चिलंखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको हो । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीले अस्पताल भवन निर्माणका लागि सहयोग जुटाएको छ । अस्पताल भवनको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले शनिवार एक समारोहकाबीच उद्घाटन गरे । भवन शिलान्यासपछि आयोजित समारोहमा वोल्दै जिसस प्रमुख पाण्डेले स्थानीय जनताका लागि अस्पताल खुसी र ठुलो उपलव्धीको विषय भएकाले अस्पताल निर्माण र व्यवस्थापनमा सरकारको पनि सहयोग रहनुपर्नेमा जोड दिए ।
अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र मातहत संचालन हुनेछ । केन्द्रका अध्यक्ष प्रविण खड्काका अनुसार अस्पताल संचालनका लागि २१ कोठे भवन निर्माण हुनेछ । जसको डिजाईन जर्मन ईन्जिनियरहरुको टोलीले गर्नेछ । करिव तीन करोड ८७ लाख रुपैयाँ भवन निर्माणको प्रारम्भिक लागत अनुमान गरिएको छ ।
चिलंखाबासी समेत रहेका छिरिङ शेर्पासँग बिवाह गरेकी जर्मन नागरिक सोनिया, जर्मन डाक्टर क्लाउसको अग्रसरतामा अस्पतालका लागि आर्थिक सहयोग जुटेको बताईएको छ ।
अस्पताल संचालनका लागि करिव साँढे ६ रोपनी जग्गा संस्थाको स्वामित्वमा पास भैसकेको अध्यक्ष खड्काले जानकारी दिए । दुई रोपनी ईको हिमाल नामक संस्थाले खरिद गरिदिएको, आधा रोपनी स्थानीय समाजसेवी जेनी खड्काले दान गरेको र बाँकी जग्गा २९ जना दाताहरुबाट संकलन भएको रकमबाट खरिद गरिएको हो ।
अस्पताल निर्माणछि गाउँपालिकाको वडा नम्बर ५, ६, ७, र ८ नम्बर वडाका नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।

Shares

Be the first to comment on "दोलखाको चिलंखामा अस्पताल बन्ने पक्का"

Leave a comment

Your email address will not be published.


*