दीक्षण समाचार
चरिकोट, कार्तिक १४
दोलखाको सदरमुकाम चरिकोटमा १२ गतेदेखि सुरु भएको शिक्षकहरुको लागि पाँच दिने पुनर्ताजगी तालिम जारी छ ।
शिक्षकको पेशागत क्षमता अभिबृद्धि गर्न र विद्यालयको सिकाई उपलब्धि सुधारको उद्धेश्य सहित शिक्षा तालिम केन्द्र धुलिखेलले शिक्षा विकास तथा समन्वय इकाई दोलखाको समन्वयमा तालिम आयोजना गरेको हो । तालिममा आधारभूत तहका २५ जना र बालविकासका २५ जना गरी ५० जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिम कालिञ्चोक माविको भवन र समन्वय इकाईको हलमा सञ्चालित छ ।
विद्यालय संख्याको आधारमा दुई देखि ४ जनासम्म शिक्षकको सहभागिता रहेको तालिममा शंकरलाल श्रेष्ठले नेपाली, सुन्दर खड्काले विज्ञान, रामचन्द्र पौडेलले गणित र गोपालध्वज श्रेष्ठले अंग्रेजी विषयको सहजीकरण गरिरहनु भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठले बताउनुभयो । समयको माग अनुसार सामुदायिक विद्यालयमा शिक्षण सिकाईलाई प्रभावकारी तथा गुणस्तरीय बनाउन तालिमको आयोजना गरिएको बताइएको छ ।
Be the first to comment on "शिक्षकहरुको लागि तालिम"