“जिरी च्याम्पियनसीप २०७८” आजबाट सुरु

चरिकोट (दीस) –दोलखाको पर्यटकीय नगरी जिरीमा “जिरी च्याम्पियनसीप २०७८” आजबाट सुरु भएको छ । युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिका र दोलखा समाज जापानको आयोजनामा जिल्लाकै ठुलो धनराशिको भलिबल खेल र म्याराथन दौड प्रतियोगिताको जिरी नगरपालिकाका उपप्रमुख कृष्ण माया बुढाथोकीले उद्धघाटन गर्नु भएको छ । उहाँले खेललाई नगरपालिकाले उच्च प्राथमिकता राखेको बताउनु भयो । उद्धघाटन कार्यक्रममा बोल्ने बक्ताले जिरी सञ्जालले बर्षेनी बिभिन्न अनुसरणिय कार्यक्रम गर्दै आएको बताउनु भयो । कार्यक्रममा एमालेका नगर अध्यक्ष केशब कार्की ,नेपाली कांगे्रसका नगर सभापति सोनाम शेर्पा , नेकपा माओबादी केन्द्रका नबिन जिरेल तथा नेकपा समाजवादीका मरिच बहादुर खडकाले  मन्तव्य गर्नु भएको थियो । आजबाट सुरु भएको भलिबल प्रतियोगितामा ४ जिल्लाका १४ टिमले सहभागिता जनाएका छन् । चार जिल्लाका दोलखा ,रामेछाप , सिन्धुपाल्चोक तथा सिन्धुलीका पालिका स्तरको खेलाडी रहेको युवा सञ्जाल जिरीका सचिब गौतम जिरेलले जानकारी दिनु भयो
। बागमती प्रदेश भित्र रहेका अन्तरपालिका भलिबल तथा खुला म्याराथन प्रतियोगिता गर्न लागिएको युवा संञ्जाल जिरीका अध्यक्ष केन्द्र ज्योति खड्काले जानकारी दिनु भयो । आज देखी सुरु भएको भलिबल खेल १५ गतेसम्म चल्ने खेल आयोजक समितिले जनाएको छ । कोरोनाले ठप्प बनेको जिरीको पर्यटन,ब्यापार व्यवसायलाई पुनः चहलपहल र पुरानो लयमा फर्काउन जिरी च्याम्पियनसीपले थप उर्जा थप्ने अध्यक्ष खड्काले बताउनु भयो । “अहिले जिरीको पर्यटनमा खस्किएको छ, यो प्रतियोगिताले माथि उठ्याउने छ , खड्काले भन्नु भयो । “कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण विगत २ वर्षदेखि देशमा खेलकुद लगायत मनोरन्जनात्मक गतिविधिहरु हुन नसकेको हामि सवैलाई अवगत नै छ ,त्यसैले यस खेलकुद प्रतियोगिताको माध्यामबाट आम मानिसमा कोभिड महामारीको कारण परेको शारीरिक तथा मानसिक असरलाई न्युनिकरण गरि मनोरन्जन प्रदान गर्ने हाम्रो उदेश्य हो” उहाँले भन्नु भयो ।
भलिबल खेलको प्रथम पुरस्कार एक लाख नगद,ट्रफी,मेडल र प्रमाणपत्र दिने निर्णय गरेको छ। त्यस्तै द्वितिय पुरस्कार ५० हजार,ट्रफी,मेडल र प्रमाणपत्र,तृतिय पुरस्कार २५ हजार नगद ,ट्रफी,मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार १०हजार नगद तथा प्रमाणपत्र दिने घोषणा गरेको छ। त्यसैगरी म्याराथान तर्फ प्रथम पुरस्कार २०हजार नगद,ट्रफी,मेडल र प्रमाणपत्र,द्वितिय पुरस्कार १०हजार नगद,ट्रफी,मेडल र प्रमाणपत्र र तृतिय पुरस्कार ५हजार नगद,ट्रफी,मेडल र प्रमाणपत्र दिने खेल आयोजक समितिले जनाएको छ।

Shares

Be the first to comment on "“जिरी च्याम्पियनसीप २०७८” आजबाट सुरु"

Leave a comment

Your email address will not be published.


*