इश्वर बिश्वकर्मा /चरिकोट, – दोलखामा डीभीको आबेदन खुलेसँगै राहदानी बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा राहदानी बनाउनेको संख्यामा पहिलेको तुलनामा उल्लेख्य बृद्धि भएको छ । कार्यालयका अनुसार कार्तिक १ गतेदेखि आठ गतेसम्मको अवधिमा पाँच सय ७६ वटा राहदानी बनेका छन् । प्रशासकीय अधिकृत एवं सूचना अधिकारी औलाख बहादुर आलेका अनुसार अमेरिकाको लागि डीभी भर्न, रोजगारीका लागि अन्य मुलुक जान तथा बैदेशिक भ्रमण र अध्ययनको लागि पनि अधिकांश युवायुवति आउने गरेका छन् । कोरोना संक्रमणको कारण राहदानी बनाउन आउने सेवाग्राहीको संख्यामा कमी आएपनि कोरोना संक्रमण न्यूनीकरण हुँदै जाँदा र डिभीको आवेदन खुल्ला भएपछि राहदानी बनाउनेको मानिसको संख्या बढेको प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आलेले बताउनुभयो । अहिले दैनिक ५० जनासम्मले राहदानीको लागि आवदेन दिने गरेकोले राहदानी शाखामा अत्याधिक भीड भएको उहाँले बताउनुभयो उहाँका अनुसार बैशाखमा दुई ५३, असारमा दुई ५८, साउनमा सात ९८, भदौमा पाँच सय ५७ र असोजमा चार ४३ वटा राहदानी बनेको थियो ।
नागरिकता बनाउने पनि बढे
प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आलेका अनुसार जिल्ला प्रशासन कार्यालयबाट कार्तिक १ देखि ८ गतेसम्म छ सय ९६ वटा नागरिकता प्रदान गरिएको छ । नयाँ ४१० र प्रतिलिपि २८६ गरी ६९६ वटा नागरिकता वितरण गरिको उहाँले बताउनुभयो । अहिले दैनिक न्यूनतम सयवटा नागरिकता बन्न थालेका छन् । गत वैशाख २२ गतेसम्म ३६६ वटा बनेपछि कोरोनाको महामारीले रोकिएपछि असार १३ गतेबाट सुरु हुँदा एक सय ४९ वटा, साउनमा सात सय ६, भदौमा आठ सय २३ र असोजमा छ सय ८४ वटा नागरिकता बनेका थिए ।
Be the first to comment on "डीभी खुलेसँगै दोलखामा राहदानी बनाउनेको संख्या बढ्यो"