दोलखामा राष्ट्रिय मानव अधिकार आयोगको टोली

SAMSUNG CSC

दीक्षण समाचार
चरिकोट, कार्तिक ११
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार दोलखाको सदरमुकाम चरिकोटमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति दोलखाको समन्वयमा मानव अधिकार रक्षक तथा सञ्चारकर्मीहरुको लागि मानव अधिकार सम्बन्धि अभीमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आयोगका सामुहिक अधिकार महाशाखाका प्रमुख हरी ज्ञवालीले आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार, सिमान्तकृत वर्गको अधिकार संरक्षणमा मानव अधिकार रक्षक तथा पत्रकारहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले मानव अधिकार संरक्षण तथा संवद्र्धनका लागि सञ्चार माध्यम पत्रकारले सरकार र सरोकारवाला निकाय समक्ष पहल गर्नुपर्ने सुनाउनुभयो । मानव अधिकारको घटना भएको खण्डमा पीडितले न्याय पाउन पत्रकारले सहजीकरण र समन्वयकारी भूमिका गरिदिनुपर्ने बताउनुभयो । आयोगका अधिकार प्रवद्र्धन तथा वकालत महाशाखा प्रमुख दिपेन्द्र बहादुर सिंहले कार्यपत्र प्रस्तुत गनुहुँदै मानव अधिकार रक्षकका रुपमा मिडिया र मिडियाकर्मी अग्रपंगीमा रहने बताउनुभयो ।
कार्यक्रममा नेपाल बार एसोसिएन दोलखाका अध्यक्ष सरोज उप्रेती, प्रेस काउन्सिल सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखाका सचिव दिल बहादुर केसी, महासंघका पूर्व अध्यक्ष जीवन लामा, जिल्लास्तरीय महिला आयोग मञ्च दोलखाका मेनुका सुवेदी, पत्रकार एवं हुराडेक नेपालका शेर बहादुर भुजेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "दोलखामा राष्ट्रिय मानव अधिकार आयोगको टोली"

Leave a comment

Your email address will not be published.


*