चरिकोट (दीस) – एमाले पार्टीको राष्ट्रिय महाधिवेशन अन्र्तगत दोलखामा वडा तथा पालिकामा एमालेले अधिवेशनलाई तिब्रता दिएको छ । दोलखामा एमालेले कार्तिक ६ गते देखी वडा अधिबेशन गर्न सुरु गरेको छ । वडा अधिवेशन कातिक १० गतेसम्म सकिने नेकपा एमाले दोलखाका सचिब भरत प्रसाद दुलालले दीक्षण दैनिकलाई जानकारी दिनु भयो । “दोलखाका सबै पालिकामा एमालेकाे वडा अधिबेशन भइरहेको छ ” उहाँले भन्नु भयो । एमालेको दोलखामा कार्तिक १५ सम्म पालिकाको नेतृत्व छनोट हुने जनाइएको छ । “दोलखामा एमालेको बिधान महाधिवेशनले पारित गरे अनुसार कार्तिक १५ गते पालिकाकाे अधिवेशन सक्छौ , अनि राष्ट्रिय महाधिवेशनमा ध्यान दिन्छौ ”दुलालले भन्नु भयो , दोलखामा जिल्ला अधिवेशन मंसिरमा हुने महाधिवेशनपछि पौष १५ गते भित्र हुन्छ ।
गौरीशंकर गाउँपालिकमा पालिका अधिवेशन सकेको छ ।अधिवेशनले जंग गुरुङको अध्यक्षतमा ७५ सदस्सीय पालिकाको नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा मिङगुर शेर्पा , सचिवमा देवराम वुढाथोकी ,सहसचिबमा प्रकास कार्की र टिका खत्री चयन हुनु भएको छ । त्यसैगरी बैतेश्वरगाउँपालिकामा एमालेले ८ वटै वडामा नयाँँ नेतृत्व चयन गरेको पालिकाका अध्यक्ष माधब प्रसाद घिमिरेले जानकारी दिनु भयो । त्यसैगरी जिल्ला भर एमालेले वडा अधिवेशनलाई तिब्रता दिएको छ ।
Be the first to comment on "दोलखामा एमालेद्धारा वडा अधिवेशनलाई तिब्रता"