दोलखामा भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु

SAMSUNG CSC

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ७
आइतबारदेखि देशभरका बालबालिकालाई निशुल्क भिटामिन ए र जुकाको औषधि खुवाउने दुईदिने कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम अन्तर्गत दोलखामा पनि करिब १७ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो । यसका लागि जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य महिला स्वयमसेविका परिचालन गरिएको छ ।

सबैलाई पायक पर्ने स्थानमा कार्यक्रम स्थल निर्धारण गरिएको छ । जसले गर्दा आज खान छुटेका बालबालिकालाई सोमबार सहभागी भई खुवाउन सकिने कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनुभयो । भिटामिन ए को कमी भएमा कुपोषण, रोग प्रतिरोत्मक क्षमतामा कमी तथा दीर्घ रोग लगायतका समस्याहरु देखा पर्ने भएकोले यस्ता समस्या तथा रोगबाट बालबालिका जोगाउन भिटामिन ए खुवाउनुपर्ने हुन्छ । बालबालिकाई जुका पर्नबाट सुरक्षित राख्न जुकाको औषधि अनिवार्य खुवाउनुपर्ने हुन्छ । आफ्ना छोराछोरी स्वस्थ, तन्दुरुस्त र फर्तिलो राख्न भिटामिन ए र जुकाको औषधि कार्यक्रममा ल्याएर अनिवार्य रुपमा खुवाउन अनुरोध गरिएको छ ।

 

Shares

Be the first to comment on "दोलखामा भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु"

Leave a comment

Your email address will not be published.


*