इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ६
नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार देशभरका वडामा वडास्तरीय अधिवेशन सम्पन्न भएको छ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशन बाढी पहिरोको प्रभावित जिल्लामा बाहेक अन्य जिल्लाका वडामा सम्पन्न भएको हो ।
यसैबीच शनिबार दोलखामा धेरैजसो वडाको अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ । केही वडामा भने यसअघि नै वडा अधिवेशन गरिएको थियो । शनिबार सम्पन्न अधिवेशनमा मेलुङ–५ को नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । चम्पा लामाको अध्यक्ष हुनुभएको छ, भने उपाध्यक्षमा पुस्कर खड्का, सचिवमा दिनेश थापा मगर, उपसचिवमा बाबुकाजी थापा मगर र जीवननाथ भण्डारी चयन हुनुभएको छ । ६ जना सदस्य पछि थप गर्ने गरी ३१ सदस्यीय वडा समिति गठन गरिएको नेता हिरा थोकरले बताउनुभयो ।
कालिन्चोक गाउपालिका–३ को प्रथम वडा अधिबेशन सम्पन्न भयो । सो अधिवेशनबाट वीर बहादुर बानियाको नेतृत्वमा वडा समिति गठन भएको नेता तथा वडाध्यक्ष निशान बुढाथोकीले बताउनुभयो । यत्ता कालिञ्चोक गाउँपालिका–९ को प्रथम वडा अधिवेशनले कृष्ण पकुवालको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति गठन गरेको छ । उपाध्यक्षतामा तीर्थबहादुर थामी, सचिवमा तीर्थराज मैनाली, उपसचिवमा शेर बहादुर थामी र रञ्जु धौलाकोटी चयन हुनुभएको छ । शनिबारै सो वडामा जलहरी खड्काको अध्यक्षतामा ६५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल तथा कविता दाहालको अध्यक्षतामा ३५ सदस्यीय अखिल नेपाल महिला संघ सहित अन्य जनवर्गीय संगठन चयन गरिएको त्यहाँबाट ईश्वर दाहालले बताउनुभयो ।
बैतेश्वर गाउँपालिका–४ को प्रथम वडा अधिवेशनबाट सर्मसम्मत रूपमा कुमार चौंलागाईँ अध्यक्षतामा समिति गठन भएको छ । उपाध्यक्षमा कमलकुमारी कार्की, सचिबमा शंकर बस्नेत, उपसचिवमा सन्तोष दहाल र शिवप्रसाद दहाल चयन हुनुभएको छ । त्यसैगरी वडा नम्बर ५ को प्रथम वडा अधिवेशनले सर्मसम्मत रूपमा गंगा बहादुर दहाल (पुष्कर) अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा माधव बहादुर बस्नेत, सचिब केदार प्रसाद दहाल, उपसचिव ज्योति केसि र प्रविन बस्नेत चयन हुनुभएको बिशाल दहालले बताउनुभयो ।
हरी बहादुर पाण्डेका अनुसार प्रथम वडा अधिवेशन अन्तर्गत बैतेश्वर ६, ७ र ८ मा क्रमशः राजकुमार ढुंगेल, लालप्रसाद चौंलागाईं र शेरबहादुर खड्काको अध्यक्षतामा वडा समिति गठन भएको छ ।
यता जिरी नगरपालिकाका सबै वडाहरुमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको छ । ९ वटा वडामध्ये वडा नम्बर ८ मा दलित समुदायका नेताले वडा नेतृत्व हाँक्ने अवसर पाउनुभएको छ । जहाँ गम्बु बिक अध्यक्षमा चयन हुनुभएको छ ।
नगरको वडा नम्बर १ को वडा अध्यक्षमा करफिन्जो शेर्पा, वडा नम्बर २ मा सोन्तेम्बा शेर्पा, वडा नम्बर ३ मा रामबहादुर केसी, वडा नम्बर ४ मा शिवबहादुर कार्की, वडा नम्बर ५ मा गुञ्ज कुँवर, वडा नम्बर ६ मा लिला बहादुर जिरेलको अध्यक्षतामा समिति चयन गरिएको बताइएको छ । त्यसैगरी वडा नम्बर ७ मा लिला जिरेल र वडा नम्बर ९ मा चक्रबहादुर तामाङको अध्यक्षतामा नयाँ समिति गठन भएको पार्टीले जनाएको छ ।
अन्य वडाहरुमा चयन भएका नेतृत्व समितिको विवरण आउन बाँकी छ । केही वडामा प्राविधिक कारण वडा अधिवेशन हुन सकेन भने केही वडामा अधिवेशन उद्धघाटन भएको र भोली नयाँ नेतृत्व चयन हुने बताइएको छ । एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबार नेपालभरका केहीमा बाहेक अधिकाँश वडामा वडास्तरीय अधिवेशन सम्पन्न भयो । कार्तिक ९ गते सबै पालिकामा पालिकास्तरीय अधिवेशन हुने छ । १०औँ महाधिवेशन मंसिर १० देखि १२ चितवन गर्ने निर्णय भएको छ ।
Be the first to comment on "दोलखाको अधिकाँश वडामा एमालेको नेतृत्व सर्वसम्मत"