खाद्य सामग्री सहयाेग गर्न गाउँमा कांग्रेस नेता

इश्वर बिश्वकर्मा
चरिकोट, असोज २६
नेपाली कांग्रेस विपद् व्यवस्थापन समिति दोलखाले  कालिन्चोक गाउँपालिका –१ मा खाद्य सामाग्री वितरण गरेको छ । यहाँको जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दीर्घ रोगी र दलित परिवारसहित दुई सय ४० जनालाई खाद्य सामग्री वितरण गरिएको हो ।

हिन्दु धर्मालम्बीहरुको महान पर्व दशैँलाई धुमधाम र खुसीयालीका साथ मनाउनका लागि प्रतिपरिवार १५ केजी चामल, एक पोका नुन र आधा लिटर तेल वितरण गरिएको कांग्रेस नेता बालकृष्ण आचार्यले बताउनुभयो ।यो कार्यका निम्ति समितिका संयोजक समेत रहेका नेता प्रभुराम श्रेष्ठ र कुमार अधिकारीको विषेश पहल र सहयोग रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भौगोलिक विकटता भएकै कारण समयमैँ भत्ता लिनबाट बञ्चित जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई दशैँमा समस्या हुन सक्ने कुरालाई मध्यनजर गरी कुनै स्वार्थ बिना मानवीय भावनाको साथ गाउँमैँ पुगेर सामग्री वितरण गरिएको हो ।


दशैँमा राम्रो लाउने र मिठो खाने चलन रही आएको छ । कोरोना र लामो समयको बन्दाबन्दीको कारण यहाँका मानिसहरुको आर्थिक स्थिति कमजोर भएको छ । तर बजारमा खाद्यन्न सहित आवशकीय वस्तुहरुको भाउ बढ्दा आर्थिक स्थिति कमजोर भएकोलाई दशैँ कसरी टार्ने भन्ने चिन्ता छ । सो चिन्तालाई हटाउने र दशैँलाई सहजताका साथ मनाउन सहयोग गर्ने उद्धेश्यका साथ खाद्य सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । यसले सुखमा मात्र होइन दुख र आपतमा पनि कांग्रेस साथमा रहेको अनुभूति र अनुभव गर्न सकिन्छ ।

सभापति लामालाई वडामा सम्मान

Shares

Be the first to comment on "खाद्य सामग्री सहयाेग गर्न गाउँमा कांग्रेस नेता"

Leave a comment

Your email address will not be published.


*