चरिकोट (दीस) –नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह) दोलखाले जिल्ला भित्र पछिल्लो समय आफ्नो गतिबिधी बढाउदै आएको छ । खुल्ला राजनीतिमा आएपछि सो पार्टीले जिल्ला भर जागरण अभियान संञ्चालन गर्दै आएको छ । जागरण अभियान अन्र्तगत ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै दोलखाको सदरमुकाम चरिकोटमा बुधबार विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन बसपार्कबाट सुरु भएर सातदोबाटो बिच बजार हुँदै पशुपति डाडा परिक्रमा गरी थियो । परिक्रमापछि सातदोबाटोमा भएको कोण सभामा दोलखा जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य विशाल जिरेलले सरकारले आफ्ना कार्यकर्ता तत्काल रिहाइ गर्नु पर्ने बताउनु भयो । उहाँले दुई प्रकारको शिक्षा प्रणालीको अन्त्य गरी समान शिक्षा लागू गर्नुपर्ने आफ्नो धारणा राख्नु भयो । कोणसभामा बोल्दै जिल्ला समिति सदस्य तथा जनसत्ता प्रमुख ज्ञान बहादुर खड्का उजिरले संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था प्राप्ती नहुन्जेल आफ्नो पार्टीले निरन्तर संर्घष गर्ने बताउनु भयो । । अअिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य जित थामीले मजदुरहरुको हकहित प्राप्त नहुनजेलसम्म संगठनको तर्फबाट लडिरहने बताउनु भयो । त्यसैगरी जिल्ला समिति सदस्य राजकुमार लामिछानेले सम्पूर्ण बन्दीहरुलाई यो सरकारले बिनासर्त रिहाई गर्नुपर्ने बताउनु भयो । कोणसभामा बोल्दै जिल्ला समिति सदस्य सोम पाख्रिनले बन्दीहरुलाई रिहाई गर्नुपर्ने, जनमत संग्रहको घोषणा गर्नुपर्ने र एनसेलले अझै पनि कर तिर्न नमाने झन् ठूलो परिणाम भोग्नुपर्ने बताउनु भयो । कोणसभामा अखिल नेपाल (क्रान्तिकारी) किसान महासंघका जिल्ला अध्यक्ष एवम् पार्टीका जिल्ला समिति सदस्य गोपाल उप्रेती, मेनुका उप्रेती र कर्ण बहादुर थामी लगायतको उपस्थिति रहेको थियो । कोणसभाको सञ्चालन जिल्ला समिति सदस्य भरत थामीले गर्नु भएको थियो ।
नेकपा (विप्लव) समुहको चरिकोटमा कोण सभा सम्पन्न
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २५ आश्विन २०७८, सोमबार १९:४४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "नेकपा (विप्लव) समुहको चरिकोटमा कोण सभा सम्पन्न"