इश्वर बिश्वकर्मा चरिकोट, – दोलखामा दुई दिने कान जाँच तथा उपचार शिविर शनिबार सम्पन्न भएको छ । शहरी विपद पुर्वतयारी परियोजना अन्तर्गत संचालित संकटासन्न समुह (सुनाइ सम्बन्धी अपाङ्गता भएकाहरु) मा सेवाको पहुँचका लागि संचालित शिविर शुक्रबारदेखि सुरु भएको थियो । शहरी विपद पूर्वतयारी परियोजना भीमेश्वर नगरपालिकाको नेतृत्व, युरोपियन युनियन मानवीय सहायता विभाग (इको)को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को प्राविधिक सहयोग र हुराडेक नेपालको साझेदारी संचालित छ । शिविरमा दुई सय पाँच जनाको कानको परीक्षण गरिएकोमा ८० जनामा सुन्ने शक्ति कम भएको पाइएको थियो । ७० जनाको अडियो मेट्रिटेसन गरिएको चरिकोट अस्पतालका डाक्टर विनोद दङ्गालले बताउनुभयो । शिविरमा परीक्षणपछि श्रवण शक्ति गुमेका नौ जनालाई सुन्नको लागि यन्त्र प्रदान गरिएको छ । नौ जना मध्ये दुई जनाको पहिलो पटक कान सुन्न सक्ने शक्ति पाएको उहाँले बताउनुभयो । शिविरबाट कानको समस्या भएका व्यक्तिहरु लाभान्वित भएको र विषेशगरी सुन्न सक्ने यन्त्र प्राप्त गर्ने नौ जनालाई ठूलो फाइदा पुगेको डाक्टर दंगालले बताउनुभयो ।
शिबिरमा ५ सय लाभान्वित
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १९ आश्विन २०७८, मंगलवार २०:४५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "शिबिरमा ५ सय लाभान्वित"