चरिकोट(दीस) , –‘रक्तदान जीवनदान’ भन्ने मुल नाराको साथ चरिकोटमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती दोलखा र दोलखा चेम्बर अफ कमर्सको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय अधिकारी दिपक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले रक्तदातालाइ रक्तदान गर्ने ब्याग हस्तान्तरण गरि उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा २४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटीका सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनुभयो । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना हो । नियमित रक्तदान कार्यक्रम नभएको खण्डमा रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन जान्छ । रगत अभाव भए शल्यक्रिया गर्नुपर्ने सुत्केरीसहित विभिन्न दुर्घटनामा परेका बिरामीलाई उपचारमा समस्या हुन्छ । समयमैँ रगत नपाई उपचार प्रभावित हुँदा बिरामीको ज्यानै जान सक्छ । त्यसैले कोही पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मानवीय सहयोगका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई आयोजकको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
२४ जनाले गरे रक्तदान
Posted By: दीक्षण दैनिक १७ आश्विन २०७८, आईतवार १२:०१
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
Be the first to comment on "२४ जनाले गरे रक्तदान"