नेपाली कांग्रेस दोलखाको जिल्ला सभापति पदमा चार जनाको उम्मेदवारी

चरिकोट (दीस) – १४ औ जिल्ला अधिवेशनमा नेपाली कांग्रेस दोलखाको जिल्ला सभापति पदमा चार जनाले उम्मेदारी दिनु भएको छ । आज अधिवेशनमा रुद्र बहादुर खडका , बर्मा लामा , केशव चौगागाई र तारा खडकाको उम्मेदारी परेको निर्वाचन समितिका प्रमुख गोबिन्द मानन्धरले जानकारी दिनु भयो । १५ सय ९१ जना प्रतिनिधीले आज दोलखा जिल्लाको कांग्रेसको नेतृत्व चयन गर्ने छन् । अधिवेशनले जिल्ला नेतृत्वको लागि सभापति चयन गर्ने छ । त्यसैगरी २ जना उपसभापति , २ जना सचिब र २ जना सहसचिब अधिवेशनले चयन गर्ने छ । अधिवेशनले जिल्ला कार्यसमिति पनि चयन गर्ने जनाइएको छ । कोषाध्यक्ष भने जिल्ला कार्यसमितिको बैठकले मनोनित गर्ने पनि बताइएको छ ।
सभापतिमा हालका सभापति रुद्र खड्का , बर्मा लामा , तारा खडका र केशब चौगागाईले उम्मेद्वारी घोषणा गर्नु भएको छ । अधिवेशनमा रुद्र खड्का , बर्मा लामा , तारा खडकाले प्यानल नै बनाएर निर्वाचन लड्ने घोषणा गर्नु भएको छ भने केशब चौगागाईले एकल चुनाब लड्ने बताउनु भएको छ ।
२५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधीमा भने जिल्लाको नेतृत्व चयन भएपछि टुंगो लागाइने पनि निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेस दोलखाले ७३ ओटा वडा , ८ ओटा स्थानीय तह र २ क्षेत्रमा आफ्नो नेतृत्व छनोट गरिसकेको छ । दुबै क्षेत्रबाट प्रदेश प्रतिनिधीको निर्वाचन मार्फत चयन गरिसकेको छ ।

Shares

Be the first to comment on "नेपाली कांग्रेस दोलखाको जिल्ला सभापति पदमा चार जनाको उम्मेदवारी"

Leave a comment

Your email address will not be published.


*