दोलखा जिल्ला अदालतमा लक्ष्यभन्दा आधा मुद्दा फछ्र्यौट

इश्वर बिश्वकर्मा, चरिकोट, ः दोलखा जिल्ला अदालतले गएको वर्षको लक्ष्यअनुसारको सफलता हासिल गर्न सकेन । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञा र न्यायाधीस सहित केही कर्मचारीमा कोरोना संक्रमण भएपछि अदालतले लक्ष्य अनुसार प्रगती गर्न नसकेको हो । अदालतमा गत वर्ष कुल पाँच सय ९७ वटा मुद्धा दर्ता भएकोमा चार सय ९२ थान फछ्र्याैट गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्य आधामात्र दुई सय ९८ वटा मुद्धा फछ्र्याैट गरेको छ ।अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ बाट जिम्मेवारी सरी आएको दुई सय ८४ र गत वर्ष नयाँ तीन सय १३ वटा मुद्धा दर्ता थियो । त्यसमध्ये दुई सय ९८ वटा मात्र मुद्धा फछ्र्याैट भएको अदालतका श्रेस्तेदार शिव कुमार पोखरेलले बताउनुभयो । जुन लक्ष्यको ५० दशमलब ९१ प्रतिशत प्रगती हो । कोरोना महामारीको ठूलो चुनौतीबीच आव २०७६÷०७७ को भन्दा गत वर्ष ३ दशमलव ९१ प्रतिशत बढी प्रगती भएको उहाँले बताउनुभयो । दुई सय ९९ वटा मुद्धा भने चालु आवमा जिम्मेवारी सरी आएको बताइएको छ ।
साउनमा ४० वटा मुद्धा दर्ता
अदालतमा चालु आव २०७७÷०७८ को पहिलो महिना अर्थात् साउन महिनामा ४० वटा नयाँ मुद्धा दर्ता भएका छन् । साधारण देवानी २८, साधारण फौजदारी पाँच र सरकारवादी फौजदारी सात वटा गरी ४० वटा नयाँ मुद्धा दर्ता भएका छन् । नयाँ दर्ता ४० वटा र गत वर्ष जिम्मेवारी सरी आएर दुई सय ९९ गरी साउनमा महिनमा कुल मुद्धाको संख्या तीन सय ३९ रहेको थियो । जसमध्ये जिम्मेवारी सरी आएकाबाट नौ वटा र नयाँ आठ वटा गरी १७ वटा मुद्धा फछ्र्याैट भएको श्रेस्तेदार पोखरेलले बताउनुभयो । साउन महिनामा १७ वटा मुद्धा फछ्र्याैट भएपछि तीन सय २२ वटा मुद्धा जिम्मेवारी सरी आएको छ । न्यायपालिकाको स्वतन्त्रताः न्यायिक अनुशासन हाम्रो प्रतिबद्धता भन्ने नारा सहित चौथो पञ्चवर्षिय रणनीतिक योजना अनुरुप जिल्ला अदालतले न्याय सम्पादनको काम गरिरहेको छ । यो योजनाको तेस्रो वर्षमा अदालत प्रवेश गरेको छ । यो योजनाले सहज, छिटो छरितो एवं प्रभावकारी न्यायमा आम नागरिकको पहुँचलाई सुनिश्चिता गर्ने दिशामा सुधारका महत्वपुर्ण आधारहरु तय गरेको जिल्ला अदालत दोलखाका श्रेस्तेदार पोखरेलले सुनाउनुभयो ।

https://www.youtube.com/watch?v=0xo1wxlW4O8&t=15shttps://www.youtube.com/c/DikshannewsDailyTV/videos

Shares

Be the first to comment on "दोलखा जिल्ला अदालतमा लक्ष्यभन्दा आधा मुद्दा फछ्र्यौट"

Leave a comment

Your email address will not be published.


*