इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखाबाट गत आव २०७७÷०८८ मा एक लाख २० हजार सात सय १४ केजी जडीबुटी निकासी भएको छ । निजी वनबाट ९५ हजार ४ सय ५६ र सामुदायिक वनबाट २५ हजार दुई सय ५८ केजी जडीबुटी निकासी भएको हो । यो अघिल्लो आव २०७६÷०७७ मा भन्दा बढी परीमाण हो । सो वर्ष ८८ हजार केजी जडीबुटी निकासी भएको थियो । गत आवमा निकासी भएका जडीबुटीहरुमा सबैभन्दा बढी चुत्रो ६७ हजार केजी निकासी भएको बताइएको छ । त्यसैगरी जिल्लाबाट अर्गेली, लोक्ता, मजिठो, चिराइतो, धसिङ्गरे, बोजो, उनिउँ र कालिकाठको दाना उत्पादन तथा निकासी भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सुमन घिमिरेले बताउनुभयो । अघिल्लो आवमा महामारी तथा लामो समयको लकडाउन प्रभावका कारण जडीबुटी उत्पादन भएपनि कम निकासी भएको थियो । तर गत आवमा भने त्यसो नभएको उहाँले बताउनुभयो । जिल्लामा उत्पादन भएका जडीबुटी काठमाडौँ, भक्तपुर, ललितपुर, विराटनगरमा धेरै परीमाणमा निकासी भएको छ । चितवन, मकवानपुरमा पनि जडीबुटी निकासी राम्रै भएको सहायक वन अधिकृत घिमिरेले बताउनुभयो । जडीबुटी निकासीबाट स्थानीयले मुद्रा आर्जन गर्न सफल भएका छन्, भने राजस्वमा समेत उपलब्धि हासिल भएको छ । जिल्लालाई समृद्ध बनाउन सकिने भन्दै केही युवाहरु कम्मर कसेर व्यावसायिक रुपमा जडीबुटी उत्पादन, संकलन तथा निकासी तर्फ लागेका छन् ।
दोलखाबाट जडिबुटीको निकासी बढ्यो
Posted By: दीक्षण दैनिक ९ आश्विन २०७८, शनिबार २०:२०
३० कार्तिक २०८१, शुक्रबार २०:४७
ePAPER 2081/07/30
३० कार्तिक २०८१, शुक्रबार १०:२८
छाला नपाउँदा मादल बनाउन समस्या
३० कार्तिक २०८१, शुक्रबार १०:१८
Be the first to comment on "दोलखाबाट जडिबुटीको निकासी बढ्यो"