चरिकोट (दीस) –दोलखाको भीेमेश्वर नगरपालिकामा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो चार बर्षिय रणनीतिक योजना पुनरावलोकन गरेको छ । साकोसले आर्थिक बर्ष २०७५÷०७६ देखी २०७८÷०७९) योजना पुनरावलोकन गरेको हो । संस्थाले २०७५ साल असार १३ र १४ गते उक्त योजना निर्माण गरेको थियो । संस्था उक्त योजना अनुसार सँञ्चालन हुदै आएको र बिगत तिन बर्षमा ९० प्रतिशत भन्दा बढी सफलता हासील गर्न सफल भएको संस्थाका अध्यक्ष नारायण श्रेष्ठले जानाकारी दिनु भयो । हाल संस्था उक्त योजनाको चौथो बर्षमा सञ्चालनमा रहेको छ । संस्थाका सञ्चालक समिति, सिनियर तथा सेवाकेन्द्रका कर्मचारीहरुले उक्त रणनीतिक योजनाको चौथो बर्षमा कति लक्ष्य रहेको साकोसका कार्यकारी अधिकृत इस्वर न्यौपानेले जानकारी दिनु भयो । उक्त लक्ष्यहरु प्राप्त गर्न कुन कुन रणनीतिहरु परिवर्तन गर्नुपर्नेछ, कुन कुन रणनीतिहरु थप गर्नुपर्नेछ र लक्ष्य प्राप्त गर्न सफल हुईनेछ भन्ने बिषयमा छलफल तथा अन्तक्र्रिया भएको उहाँले बताउनु भयो
उक्त कार्यक्रम संस्थाको नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेको सहजिकरण मा सञ्चालन भएको थियो ।
Be the first to comment on "मिलिजुली कालिञ्चोक साकोसको रणनीतिक योजना पुनरावलोकन ।"