दोलखाका ४ वटा स्थानीय तहमा नेपाली कांग्रेसको सर्वसहमत नेतृत्व चयन

चरिकोट (दीस) – नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्रगत दोलखाका ४ वटा स्थानीय तहमा सर्वसहमत नेतृत्व चयन गरेको छ । आज भएको दोस्रो चरणको स्थानीय तहको अधिवेशनमा भीमेश्वर नगरपालिका , बैतेश्वर गाउँपालिका, शैलुङ गाउँपालिका , विगु गाँउपालिकामा सर्वसहमत नेतृत्व चयन गरेको हो ।
भीमेश्वर नगरपालिकाको सभापतिमा शंकर कार्की निर्वाचित भएका छन्। उपसभापतिहरुमा रामशरण केसी ,बालचन्द्र शिवाकोटी र स्वस्थानी तमाङ (सुबेदी)रहेका छन् । सचिबमा रुद्र जंग बुढाथोकी र रमेश चौलागाई रहेका छन् । अधिवेशनले सहसचिबमा युगल श्रेष्ठ र इन्द्र श्रेष्ठ निर्वाचित गरेको छ । कोषाध्यक्षमा लाल बहादुर तमाङ रहेका छन् । भीमेश्वर नगरपालिकामा ५३ सदस्यीय कार्यसमिति रहेको छ । बैतेश्वर गाउँपालिकाको सभापतिमा शम्सेर घिसिङ , शैलुङ गाउँपालिकाको सभापतिमा कृष्ण ध्यज तमाङ , विगु गाउँपालिकाको सभापतिमा हेमराज तामाङ सर्वसहमत निर्वाचित भएका हुन् । यस अघि पहिलो चरणमा अन्र्गगत दोलखाका अधिंकाश वडा समितिमा नेपाली कांग्रेसको नेतृत्व सर्वसहमत चयन भएको थियो ।

Shares

Be the first to comment on "दोलखाका ४ वटा स्थानीय तहमा नेपाली कांग्रेसको सर्वसहमत नेतृत्व चयन"

Leave a comment

Your email address will not be published.


*