दीक्षण समाचार /चरिकोट, –दोलखामा शनिबार विश्व प्राथमिक उपचार दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा प्राथमिक उपचारको महत्व र यसको विविध विधिबारे सन्देश प्रवाहका लागि चरिकोटमा डेमो प्रदर्शन गरिएको छ । डेमो नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका स्वयमसेवकहरुले तयार पारेको सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनुभयो । मानिसको जीवन जोगाउने भएकोले प्राथमिक उपचार सम्बन्धि सीप विकास तर्फ प्रेरित गर्न सो कार्यक्रम गरिएको उहाँले सुनाउनुभयो । त्यसैगरी दिवसको अवसरमा चरिकोटमा खुल्ला रत्तदान कार्यक्रम सम्पन्न भएको छ । योगदान राष्ट्रका लागि दोलखा र अन्तर्राष्ट्रिय समन्वय समाज दोलखाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ३२ जनाले रक्तदान गरेका सभापति पोखरेलले जानकारी बताउनुभयो । दुर्घटना तथा घटनामा परी घाइते भएकालाई मुत्युबाट बचाउन तत्काल घटनास्थलमै गरिने उपचार नै प्राथमिक उपचार हो ।
Be the first to comment on "विश्व प्राथमिक उपचार दिवस मनाइयो"