सङ्घीय संसद्को अधिवेशन बोलाउन सिफारिस

काठमाडौँ, १९ भदौ सरकारले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले भदौ २३ गते अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बोलाउन सिफारिस गरेको हो ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संसद् अधिवेशनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी दिनुभयो ।

सरकारले गत साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो । केही महत्वपूर्ण विधेयक अगाडि बढाउने लक्ष्यका साथ सङ्घीय संसद्को बैठक आह्वान गर्न सिफारिस गरिएको बताइएको छ ।

Shares

Be the first to comment on "सङ्घीय संसद्को अधिवेशन बोलाउन सिफारिस"

Leave a comment

Your email address will not be published.


*