जनसचेतन साकोसका संस्थापक अध्यक्ष सहकारी अभियान्ता ढुङ्गेललाई अन्तराष्ट्रिय अवार्ड प्रदान

चरिकोट (दीस) – दोलखाको जनसचेतन साकोसका संस्थापक अध्यक्ष यज्ञराज ढुङ्गेललाई सन् २०२१ को क्रेडिट युनियन भोलन्टियर अवार्ड प्रदान गरिने भएको छ । सहकारी क्षेत्रको एसियाको ठुलो पुरस्कार एसियाली ऋण महासंघ (अकु) ले ढुङ्गेलले सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै क्रेडिट युनियन भोलन्टियर अवार्ड प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । (अकु) ले ढुङ्गेलले नेपालको ग्रामिण क्षेत्रमा बचत र ऋण सहकारीको नेतृत्व गरी सहकारीको माध्यमबाट गरिबी उन्मुलन गर्न र ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुर्याएको,भन्दै अर्वाड दिने निर्णय गरेको जनाएको छ । साथै उहाँले महासंघको अभियान तथा अन्तराष्ट्रिय ऋण क्षेत्रको विकास र प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याउनु भएको जनाइएको छ । दोलखाको सवै भन्दा ठुलो सहकारी जनसचेतन साकोस स्थापना गर्दै देश भर सहकारी क्षेत्रमा ढुङ्गेलले योगदान दिदै आउनु भएको छ । दोलखाको बैतेश्वर गाउँपालिकाको काब्रेमा जन्मिएका ढुङ्गेल झण्डै ३० वर्षदेखि सहकारीको क्षेत्रमा सक्रिय हुनु हुन्छ । उहाँहरु कै सक्रियतामा स्थापना भएको जनसचेतन साकोस अहिले देश नै नमुना तथा अन्तराष्ट्रिय रुपमा चर्चित सहकारी रुपमा चिनिने गरेको छ । जन सचेत साकोसमा हाल ३५ हजार सदस्य आबद्ध रहेका छन् भने यस कुल पुँजी २ अर्व रुपैया रहेको छ । ढुङ्गेलले जनसचेतन साकोसमा २० बर्ष नेतृत्व गर्नु भएको थियो ।। ढुङ्गेलले अवार्ड प्राप्त गर्नु खुसीको खबर भएको जनसचेतन साकोसका अध्यक्ष हेमन्त चौलागाईले बताउनु भयो ।

Shares

Be the first to comment on "जनसचेतन साकोसका संस्थापक अध्यक्ष सहकारी अभियान्ता ढुङ्गेललाई अन्तराष्ट्रिय अवार्ड प्रदान"

Leave a comment

Your email address will not be published.


*