इन्द्रमणी पुरस्कारबाट दीक्षण दैनिकका सम्पादक घिमिरे सम्मानित

चरिकोट -इन्द्रमणी पुरस्कारबाट नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष एबंम दीक्षण दैनिकका सम्पादक श्रृजन कुमार घिमिरे सम्मानित हुनु भएको छ । स्व .देवदास १६ औ स्मृति दिबसको अबसरमा पत्रकार महासंघ दोलखाा शाखाले उहाँँ सहित स्व. रविन्द्र स्मृतिबाट दोलखाका अग्रज पत्रकार एवंम प्रेस काउन्सील नेपालका सदस्य चिरन्जीवि मास्के , सुजल पुरस्कारबाट बाबुराम शर्मा, विकास पत्रकारिता पुरस्कारबाट गोर्कण भण्डारी , स्व .देवदास स्मृति पुरस्कारबाट सन्तोषी कार्की, स्वं .पशुपति चौलागाई स्मृति पुरस्कारबाट तामाकोसी एफमका दिपक बस्नेतलाई पुरस्कृत गरेको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाई अध्यक्षतामा र भीमेश्वर नगरपालिकाका मेयर भरत के.सी प्रमुख अतिथ्यतामा भएको थियो ।

Shares

Be the first to comment on "इन्द्रमणी पुरस्कारबाट दीक्षण दैनिकका सम्पादक घिमिरे सम्मानित"

Leave a comment

Your email address will not be published.


*