पोषण सामग्री वितरण

चरिकोट –चरिकोट स्थित गौरीशंकर बाल गृहमा आश्रित अनाथ बालबालिकाको लागि पोषण सामाग्री वितरण गरिएको छ । भीमेश्वर नगरपालिको तर्फबाट बाल गृहमा बिहीबार पोषण सामग्री वितरण गरिएको नगर उपप्रमुख कमला बस्नेतले बताउनुभयो । ३५ क्रेट अण्डा, चना, भटमास, नुनका साथै साबुन वितरण गरिएको उहाँले सुनाउनुभयो । बालगृहमा २९ जना अनाथ बालबालिका रहेका छन् । सो कार्यक्रममा नगरका स्वास्थ्य उपसंयोजक हरिहर न्यौपाने, बाल गृहका अध्यक्ष राम प्रसाद सापकोटा र पोषण स्वयंसेवक मनिल दाहालको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "पोषण सामग्री वितरण"

Leave a comment

Your email address will not be published.


*