दोलखामा १३ वटा खोप घर निर्माण सम्पन्न

चरिकोट, –दोलखामा गत आव २०७७÷०७८ मा १३ स्थानमा खोप घर निर्माण गरिएको छ । खोप कार्यक्रम सहज र सुरिक्षत तवरबाट सञ्चालन तथा सम्पन्न गर्न १३ वटा स्थानमा एकतल्लाको खोप घर निर्माण गरिएको हो । अब भने निजी घर, विद्यालय तथा सामुदायिक भवनमा खोप कार्यक्रम गर्नुपर्ने बाध्यताको अन्त्य भएको स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रति घर पाँच लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । १३ वटै खोप घर निर्माणका लागि कार्यालयको ६५ लाख रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । घर निर्माणका लागि सम्बन्धित स्थानीय तहले जग्गा व्यवस्था गरेका थिए । अधिकांश घर सार्वजनिक र पालिकाको जग्गामा निर्माण गरिएको छ । कार्यालय प्रमुख अर्जुन पौडेलका भन्नुभयो ”माग र आवश्यकताका आधारमा खोप घर निर्माण भएको छ । अब सोही घरलाई खोप केन्द्र तोकिने छ । आवश्यकता अनुसार खोप केन्द्रका लागि थप घर निर्माण गरिने छ ।“ कालिञ्चोक गाउँपालिकामा चार, भीमेश्वर नगरपालिकामा दुई, विगु गाउँपालिकामा दुई र गौरीशंकर, बैतेश्वर, मेलुङ, तामाकोशी, शैलुङमा एक–एक वटा खोप घर निर्माण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा १३ वटा खोप घर निर्माण सम्पन्न"

Leave a comment

Your email address will not be published.


*