मानुषी लघुवित्तको आईपीओ बाडफाड, २३ लाख आवेदकको हात खाली

ipo

काठमाडौं । मानुषी लघुवित्तले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बााडफाड गरेको छ ।  बिक्री प्रबन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ एनण्ड फाइनान्सले सोमबार लघुवित्तको आईपीओ बाडफाड गरेको हो ।लघुवित्तले  यही साउन २७ गतेदेखि ३१ गतेसम्म गरेको सार्वजनिक  निष्कसनमा  २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड  ९६ लाख ५५ हजार ४६० कित्ता सेयरकको लागि आवेदन परेको थियो । जसमध्ये ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ भने २३ लाख ५४ हजार ७८४ जना आवेदकबाट माग भरएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ताको आवेदन सदर भएको हो  ।सदर आवेदकमध्ये  कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर धितोपत्र निष्कासन तथा बाडफाड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले बाडफाड गर्दा ३६ हजार ८५९ जनाले १० कित्ता सेयर पाएका छन् । सोही मध्ये ३ जनाले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर पाएका छन् । यस्तै कुल योग्य आवेदक मध्ये २३ लाख २४ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता कर्मचारीलाई र जारी पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुलाएको थियो ।

Shares

Be the first to comment on "मानुषी लघुवित्तको आईपीओ बाडफाड, २३ लाख आवेदकको हात खाली"

Leave a comment

Your email address will not be published.


*