छात्रवासलाई खाद्यान्न सहयोग

इश्वर बिश्वकर्मा
चरिकोट, साउन ३०
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित आमाको माया छात्रावासलाई शुक्रबार खाद्यान्न सहयोग गरिएको छ । आफ्नो ११ औँ स्थापना दिवसको अवसरमा परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
संस्थाको तर्फबाट तीन बोरा चामल, पाँच केजी दाल, एक बाकस तेल, पाँच प्याकेट नुन, पाँच केजी चिनी, एक बाकस बिस्कुट, पाँच केजी चिउरा, दुई प्याकेट दालमोठ छात्रावासलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी एक हजार रुपैयाँ आपm्नो तर्फबाट सहयोग प्रदान गरिएको सहकारीका सचिव अप्सरा चौलागाईँले सुनाउनु भयो ।
संस्थाले पैसा कारोबार गर्नुका साथै आफ्ना सदस्यहरुको हितमा सीपमूलक तथा स्वरोजगार मुलक तालिम प्रदान गर्दै आएको छ । संस्थाले विभिन्न अवसरमा पराेपकारकाे काममा पनि चासो देखाउने गरेको संस्थाले जनाएको छ ।

Shares

Be the first to comment on "छात्रवासलाई खाद्यान्न सहयोग"

Leave a comment

Your email address will not be published.


*