ईस्वर दहाल /चरिकोट –“कालो सुन” भनेर चिनिएको अलैचीको उत्पादन घटेपछि कृषकहरु चिन्तित् बनेका छन्। अधिकांश चिसो र ओसिलो जग्गामा व्यवसायिक रुपमा नै अलैची खेती गर्दै आएका किसानहरू अलैचीमा बिभिन्न खालका रोगहरु लागेपछि चिन्तित् बनेका हुन् । दोलखाको वैत्यश्वर गाउँपालिका मिर्गेका कृषक लक्ष्मीप्रसाद दाहालले भने ,“मैले छ मुरी धान फल्ने खेतमा व्यवसायीक रुपमा अलैची खेति गर्दै आएको थिए ,अहिले अलैचिमा डडुवा र बोट मर्ने रोग लागेर खेत नाङ्गै भएको छ ,न यसमा कृषि कार्यालयले नै ध्यान दिन्छ, न पालिकाले ” । त्यस्तै अर्का व्यवसायिक रुपमा नै अलैचि खेति गरिरहेका सोही स्थानका कुल बहादुर थापा भन्छन, “पहिला पहिला आफुले अलैची प्रतिकेजि २५ सय देखि ३ हजारसम्म बेच्दा बार्षिक २ तिन लाख सम्मको बेच्ने गरेकोमा अहिले बगान नै सखाप भएपछि फेरि अलैची फाडेर धान खेति गर्न लागेको छु ।” कुनै समय अलैचीको पकेट एरिया बनेको दोलखाको मिर्गेका अधिकांश किसानले अलैचीलाई मुख्य नगदे बालि बनाएका थिए । अलैचीका बेर्ना समेत उत्पादन गरेर राम्रो आम्दानी गरेका कृषकहरु अलैचीमा लागेको रोग र यसको उपचारमा सम्बन्धित निकायले चासो नदिदा चिन्तित बनेका छन् ,भने कयौ रोपनी जग्गामा फैलिएको अलैची बगान सखाप भएको छ ।
अलैचीको उत्पादन घटेपछि कृषकहरु चिन्तित्
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २४ श्रावण २०७८, आईतवार ०७:२१
९ मंसिर २०८१, आईतवार २०:०४
ePAPER 2081/08/09
९ मंसिर २०८१, आईतवार १९:१९
नेकपा विप्लब छोडेका दोलखाका १६ जना नेता माओवादी केन्द्रमा प्रवेश
९ मंसिर २०८१, आईतवार १९:०५
दोलखा पर्यकटीय सम्भावना भएको जिल्ला हो ः मुख्यमन्त्री लामा
९ मंसिर २०८१, आईतवार १९:१०
नयाँ नेतृत्व चयन गर्दै प्रगती सकोसको २६ औँ साधारण सभा सम्पन्न
९ मंसिर २०८१, आईतवार ०९:५२
Be the first to comment on "अलैचीको उत्पादन घटेपछि कृषकहरु चिन्तित्"