माधब नेपाल समूहको युवा संघ दोलखाले भन्यो – तुइन काट्ने कारवाही गर

चरिकोट (दीस) – महाकाली नदीमा तुइन काट्ने एसएसबीलाई कारबाहीको माग गर्दै माधब नेपाल समूहको युवा संघ दोलखाले ज्ञापनपत्र बुझाएको छ। मंगलबार नेपाल समुहका युबा संघ दोलखाका सहअध्यक्ष रामहरि शिवाकोटीको नेतृत्वको टोलिले जिल्ला प्रशासन कार्यलय दोलखा पुगेर प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेलाइ ज्ञापनपत्र बुझाएका हुन।
ज्ञापनपत्र बुझाउदै युबा संघ दोलखाले तुइन काटेकोमा घटनाको छानविन गर्न माग गरेका छन्। तुइन काट्ने व्यक्तिलाई कारबाही र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न समेत ज्ञापनपत्रमा माग गरिएको छ।

Shares

Be the first to comment on "माधब नेपाल समूहको युवा संघ दोलखाले भन्यो – तुइन काट्ने कारवाही गर"

Leave a comment

Your email address will not be published.


*