चरिकोट (दीस) – दोलखामा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको चौंथो युनिट पनि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको चौंथो युनिटको विद्युत सोमबार दिउँसोबाट प्रणालीमा थपिएको हो । निर्बतमान प्रधानमन्त्री केपि शर्मा ओलीले पहिलो युनिट सफल भएपछि उद्धघाटन गर्नु भएको आयोजनामा अहिले परिक्षण जारी रहेको आयोजनाले बताएको छ । ६ वटा युनिट रहेको यस आयोजनामा सबै चरणको आन्तरिक परीक्षण पूरा गरी यो युनिट प्रसारण प्रणालीमा जोडेको आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रबक्ता डा .गणेश न्यौपानेले बताए । उहाँका अनुसार परीक्षण उत्पादन थालिएको युनिट पूर्ण क्षमतामा चल्न अझै २ देखि ३ दिन लाग्नेछ । ‘पहिलो, दोस्रो र तेस्रो युनिटपछि चौंथो युनिट पनि प्रणालीमा आएको छ,’ भने, ‘अब बाँकी रहेका २ युनिट पनि २ साताको फरकमा प्रणालीमा ल्याउने गरी काम गरिरहेका छौं ।’ उहाँले भन्नु भयो , चौंथो युनिट पूर्ण क्षमतामा सञ्चालन हुन थालेपछि आयोजनाले ३०४ मेगावाट विद्युत उत्पादन गर्दछ । गत असार २१ गते आयोजनाको पहिलो युनिट प्रसारण प्रणालीमा जोडिएको थियो । पहिलो युनिटबाट उत्पादन सुरु भएको एक सातापछि नै असार २९ गते दोस्रो युनिट पनि सञ्चालनमा आएको थियो । तेस्रो युनिट साउन८ गतेदेखि सञ्चालनमा आएको हो ।पाँचौं युनिटबाट बढीमा अबको २ सातामा उत्पादन सुरु गर्ने योजना छ । भदौसम्ममा ६ वटै युनिटबाट ४५६ मेगावाट विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ । आयोजनाको विद्युतगृहमा ७६ मेगावाटका ६ वटा उत्पादन युनिट छन् ।यो आयोजना स्वदेशी लगानीमा निर्माण भएको आयोजना हो । यसमा स्थानीय सबै दोलखालीको सेयर रहेको छ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको चौथो युनिटद्धारा विद्युत उत्पादन
TOPICS:राष्ट्रीय समाचार
Posted By: दीक्षण दैनिक १९ श्रावण २०७८, मंगलवार १०:५८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको चौथो युनिटद्धारा विद्युत उत्पादन"