चरिकोट (दीस) – दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर सामुदायिक पुस्तकालय दोलखाले ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई राहत वितरण गरिएको छ । भीमेश्वर नगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरु लठी र टर्च लाईट वितरण गरिएको गरेको हो । लकडाउनको अवधिमा बाहिर काम गर्न नसकेका र खाद्यन्न अभाव हुन नदिन विपन्न ३० जनालाई चामल प्रतिव्यक्ति एक बोरा चामल, दाल, तेल र साबुनको साथै अन्य ३० जनालाई सेनीटरी प्याड वितरण गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले दोलखाका अध्यक्ष एवमं तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले माहमारी बेला सहयोग अभियान संञ्चालन गरेकोमा पुस्ताकालयको उदाहरीण कार्य भएको बताउनु भयो। यो पुस्तकालय नमुना देशको नै नमुना पुस्तकायल भएको र यसलाई समय अनुसार आधुनिकरण गर्न पोखरेलले सुझाब दिनुभयो । पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर बस्नेतले पुस्ताकालयले जहिले पनि समुदाय मिलेर काम गर्दै आएको बताउनु भयो । कोरोना संक्रमणको बेला पुस्ताकालयले बिभिन्न संस्थालाई स्वास्थ्य सामग्री बितरण गरेको बस्नेतले जानकारी दिनु भयो । पुस्तकालयका सचिव नवराज न्यौपानेले पुस्तकालयले दोलखाका अरु पालिकामा पनि पुस्ताकालय निर्माणको लागि सहजिकरण गर्ने बताउनु भयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामदास श्रेष्ठ, नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका उपाध्यक्ष श्रृजन कुमार घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गौरीशंकर सामुदायिक पुस्तकालय दोलखाले ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई राहत वितरण
Posted By: दीक्षण दैनिक १८ श्रावण २०७८, सोमबार १०:४२
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "गौरीशंकर सामुदायिक पुस्तकालय दोलखाले ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई राहत वितरण"