विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्लाको सम्पर्क कार्यालयको उद्घाटन

चरिकोट (दीस)– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्लाको सम्पर्क कार्यालय सदरमुकाम चरिकोटमा आज उद्घाटन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंह ‘प्रविण’ र सहिद परिवार प्रकाश थामीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । शुभकामना मन्तव्य राख्दै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रविणले नेपालमा दलाल पूँजीवादी संसदीय व्यवस्थाको खारेज गरी वैज्ञानिक समाजवाद स्थापनाका लागी एकजुट हुन अपिल गरेका छन् । नेपाली जनताको निम्ती पाटीले काम गर्ने बताए ।सम्पर्क कार्यलय पाटिको नीति अनुसार खोलिएको बताए ।

कार्यक्रममा बोल्दै एमालेका दोलखा जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले नेपालमा कम्युनिष्ट पाटी फुटेर नाङलो पसल थाप्ने जस्तै भएको बताए । दोलखामा कम्युनिष्ट पाटी एक जुट भएर लाग्नु आज आबस्यकता भएको बताए । माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य सुब्बा श्रेष्ठले कम्युनिष्ट पाटीले बैज्ञानिक समाजबाद आएपछि मात्र क्रान्ती पुरा हुने बताए । नेकपा क्रान्तिकारी माओवादीका दोलखा जिल्ला सेक्रेटरी गोविन्द काफ्लेले दलाल पुँजीबाद विकल्पको बारेमा छलफल गर्नु पर्ने समय आएको बताए । बैतेश्वर गाउँपालिकाका उपप्रमुख रविचन्द्र आचार्यले जनताको सबालमा साझा मुद्धा उठाउने काम गर्न शुभकामना दिए ।

त्यस्तैगरी रातोखबरका सम्पादक असोक सुवेदी, नराप्रपाका प्रतिनिधी भानुभक्तजङ्ग शिवाकोटी, नेपाल पत्रकार महासंघ दोलखाको जिल्ला उपाध्यक्ष श्रीजन कुमार घिमिरे, सहिद परिवार कर्ण ब. थामी लगायतले शुभाकामना मन्तव्य राखेका थिए ।

विशेष समिती सदस्य यादव दाहालको सञ्चालन, पुर्ण बहादुर सिंहको प्रमुख आतिथ्यता र माधव गौतमको सभापतित्वमा भएको कार्यक्रम विशेष समिति सदस्य अर्जुन योगीले गरेका थिए ।

Shares

Be the first to comment on "विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोलखा जिल्लाको सम्पर्क कार्यालयको उद्घाटन"

Leave a comment

Your email address will not be published.


*