गुल्मी, १३ साउन (रासस) ः गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका– ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परी चालकसहित सातजना घाइते भएका र उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत गुल्मी अस्पताल तम्घास ल्याइँदैछ । दुर्घटनामा परी ज्यान गुमाउनेको अझै सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो । दुर्घटना भएको जानकारी पाएलगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको उक्त जीप सडकबाट तीन सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा तीन जनाको मृत्यु
TOPICS:Breaking News
Posted By: दीक्षण दैनिक १३ श्रावण २०७८, बुधबार १४:१५
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दुर्घटनामा तीन जनाको मृत्यु"