बैतेश्वर गाउँपालिकाको नवौं गाउँसभा नीति तथा कार्यक्रम पारित,बजेट प्रस्तुत

नवीनकुमार खतिवडा/मैनापोखरी –दोलखाको वैतेश्वर गाउँपालिकाको नवौ गाउँ सभा शुरु भएको छ।गाउँ पालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा शुरु भएको गाउँ सभामा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक रविचन्द्र आचार्यले आगामी आव २०७८/७९ का लागि ४४ बुँदे निति तथा कार्यक्रम र कुल ४७ करोड ९१ लाख २८ हजार ७ सय १ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ। बिनियोजित रकममध्ये चालू तर्फ १० करोड ९५ लाख,पुजिगत तर्फ,१६ करोड २९ लाख ३३ हजार ७ सय २ र शसर्तमा २० करोड ६६ लाख ९५ हजार रहेको छ। जसमध्य पूर्वाधार विकास तर्फ १३ करोड ५ लाख ३३ हजार ७ सय १,संस्थागत विकास र सेवा प्रवाहका लागि १० करोड ९५ लाख,सामाजिक तथा शुसाशन विकास २ करोड ३६ लाख,वातावरण तथा विपद ब्यबस्थापनका लागि ३० लाख,कृषि पशु र भेटेरीनरी को लागि ५८ लाख र संघ तथा प्रदेश बाट प्राप्त शसर्त अनुदान २० करोड ६६ लाख ९५ हजार बराबर रहेको छ। यसैबीच २०७८।७९ को लागि गाउँसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक रविचन्द्र आचार्यद्वारा प्रस्तुत बैतेश्वर गाउँपालिकाको ४४ बुँदे नीति तथा कार्यक्रम आज कै सभाले पारित समेत गरेको छ।गाउँ सभाको अर्को बैठक यहि असार २८ गते बसि बिनियोजित बजेट पास हुने अध्यक्ष छवि लामाले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकाको नवौं गाउँसभा नीति तथा कार्यक्रम पारित,बजेट प्रस्तुत"

Leave a comment

Your email address will not be published.


*