तामाकोशीमा खतरा यथावत्

दीक्षण दैनिक
चरिकोट, असार ५
तामाकोशी नदीमा बाढी आउन सक्ने भएकोले सम्भावित क्षतीबाट जोगिन दोलखा प्रशासनले अनुरोध गरेको छ । अविरल वर्षाका कारण चीनमा गएको बाढीपहिरोले तामाकोशी नदीको प्रवाह रोकिदिएको छ । जसले गर्दा तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले एक सूचना जारी गर्दै सजक रहन अनुरोध गरेको हो । चीनको तिब्बतमा थुनिएको तामाकोशी नदी सामान्य अवस्थामा नरहेकोले नदी आसपासका क्षेत्रमा खतरा यथावत रहेको छ । थुनिएको नदी जुनसुकै समयमा फुटेर बाढी आउन सम्भावना नदी आसपासका वासिन्दालाई सजक र सुरक्षित हुन अनुरोध गरिएको छ । नेपाल चीन सीमा क्षेत्रमा रहेको रोङसिया शहर र सो सहरको आसपासमा भारी वर्षा आएसगैँ पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएकोले दोलखा प्रशासनले शुक्रबार राती सूचना जारी गरी सचेत रहन अनुरोध गरेको हो । सम्भावित क्षतीबाट बच्न सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले सम्पूर्णलाई अनुरोध गरेका छन् ।

Shares

Be the first to comment on "तामाकोशीमा खतरा यथावत्"

Leave a comment

Your email address will not be published.


*