दोलखाका चार स्वास्थ्य संस्थालाई उपकरण सहयोग

दीक्षण समाचार
चरिकोट, असार २
दोलखाको चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य उपकरण वितरण गरिएको छ । लिभिङ ब्याप्टिस्ट चर्च ललितपुरले अक्सिजन कन्सन्ट्रेटर र वाटर बोइलर मेशिन वितरण गरेकाे हाे ।
यस कार्यको पहल दोलखा जिल्ला इसाई समाजका अध्यक्ष शक्ति पाख्रीन र बिगुल फाउन्डेशन नेपालका संरक्षक लक्ष्मण गुभाजुले गरेका थिए । मंगलबार फाउण्डेशनका संरक्षक गुभाजू, इसाई समाजका अध्यक्ष पाख्रीन र ब्याप्टिस्ट चर्चका उपाध्यक्ष पास्टर राजेन्द्र मल्लले चरिकोट अस्पताललाई दुई वटा वाटर बोइलर, बैतेश्वर अस्पताललाई दुई वटा अक्सिजन कन्सन्ट्रेटर र एक वटा वाटर बोइलर दुबै अस्पताल प्रमुखहरुलाई हस्तान्तरण गरेको थिए । श्यामा स्वास्थ्य चाैकी र माली स्वास्थ्य चाैकीलाई एक र एक वटा अक्सिजन कन्सन्ट्रेटर दिने गरी विगुल फाउन्डेशन नेपालको अध्यक्ष विपना श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । कोरोना संक्रमणले गाउँ र बजारबासीलाई ग्रस्त पारिरहेको बेला उपचार र रोकथाम गर्न उक्त उपकरण र स्वास्थ्य सामाग्री सहयोग गरेको ब्याप्टिस्ट चर्चका उपाध्यक्ष पास्टर राजेन्द्र मल्लले बताए । सहयोग स्वरुप प्राप्त भएको सामाग्रीको उचित सदुपयोग गर्ने चरिकोट अस्पतालका डा. बिनोद दङ्गालले बताए ।

Shares

Be the first to comment on "दोलखाका चार स्वास्थ्य संस्थालाई उपकरण सहयोग"

Leave a comment

Your email address will not be published.


*