निषेधाज्ञामा वडा कार्यालय उद्धघाटन

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३१
दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । गैरीमुदी पिपलबोटमा ८५ लाख लागतमा निर्मित भवनको आइतबार पालिका अध्यक्ष छवि लामाले उद्धघाटन गरे । कर्मचारी, जप्रतिनिधि र सर्वसाधारण गरी २५ जनाको मात्र सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य मापदण्डको पुर्ण पमा पालना गरिएको उपाध्यक्ष रविचन्द्र आचार्यले दाबी गरेका छन् । गैरीमुदी पिपलबोटमा निर्माण भएको १ तल्लाको पक्की भवनमा हलसहित ६ वटा कोठा रहेको छ । उपभोक्ता समितिमार्फत गत वर्षदेखि निर्माण सुरु गरिएको सो भवन यो वर्ष सम्पन्न भएको हो । कोरोना महामारी तथा बन्दाबन्दीका कारण निर्माण कार्यमा बेलाबेलामा कठिनाई भएको थियो । यद्यपी निर्माण सम्पन्न भएपछि निषेधाज्ञाकैबीच उद्धघाटन गरिएको उपभोक्ता समितिका अध्यक्ष तारा तामाङले बताए । यसअघि पक्की भवन अभावमा पूरानो, जीर्ण र सांघुरो २ कोठे भवनमा कार्यालय सञ्चालित थियो । जसले गर्दा सेवा दिन र नागरिकलाई सेवा लिन कठिन हुन्थ्यो । तर आफ्नै पक्की भवन बनेपछि काममा तिव्रता र सहजता हुने वडा कार्यालयले जनाएकाे छ ।

Shares

Be the first to comment on "निषेधाज्ञामा वडा कार्यालय उद्धघाटन"

Leave a comment

Your email address will not be published.


*