इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३१
दोलखामा आगामी असार ७ गतेसम्म लागू हुने गरी निषेधाज्ञा अवधी लम्ब्याइएको छ । तर स्वरुप भने परिवर्तन गरिएको छ । निषेधाज्ञा मुक्त गर्दा कोरोनाको जोखिम बढ्ने विश्लेषणपछि स्वरुप परिर्वतन गरी निषेधाज्ञा लम्ब्याइएको हो । स्वास्थ्य कार्यालयको आवद्यधिक आंकडा अनुसार दोस्रो लहरको कोरोनाबाट ९ वटै स्थानीय तहका गरी १ हजार ९ सय ६ जना संक्रमित भएका छन् । १ हजार २ सय २३ जनाले कोरोनालाई परास्त गरी निको भएका छन् । तर नयाँ संक्रमित फेला पर्ने क्रम रोकिएको छैन । दैनिक ४० जना सम्म नयाँ संक्रमित थपिने गरेका छन् । आंकडामा ६ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । पहिचान तथा परीक्षणको दायरा बढाउने हो भने उल्लेख्य मात्रामा संक्रमित फेला पर्ने अनुमान सहजै लगाउन सकिन्छ । जोखिम यथावत रहँदारहदैँ पनि पुर्ण रुपमा निषेधाज्ञा हटाउँदा लापरबाही बढ्ने र जोखिम उच्च हुने भएपछि स्वरुपमा फेरबदल मात्र गरिएको हो । यो पटकको निषेधाज्ञामा हार्डवयर लगायत निर्माण सामग्री सम्बन्धि पसल पुर्ण स्वास्थ्य मापदण्ड पालना गरी बिहान १० बजेदेखि १ बजेसम्म मात्र खुल्न पाउने छन् । शैक्षिक सत्रलाई लक्षित गरी पाठ्यपुस्तक तथा पत्रपत्रिका पसल एवम् प्रिन्टिङ्ग प्रेस बिहान १० बजेसम्म खुल्न पाउने छन् । यसअघि ८ बजेसम्म मात्र खुल्ने अत्यावश्यक खाद्य सामग्री फलफुल, माछा, मासु, दुध तथा डेरी पसल, किराना पसल बिहान १० बजेसम्म खुल्न पाउने छन् । अत्यावश्यक सेवाका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैँक, सहकारी तथा वित्तिय संस्थाहरुले न्युनतम कर्मचारी राखी स्वास्थ्य मापदण्ड पालना गरी कार्यालय सञ्चालन गर्न पाइने छ । सरकारी कारोबार गर्ने बैँक आइतबार देखि शुक्रबार सम्म र अन्य वाणिज्य बैँक तथा वितिय संस्था एर्व ससहकारी संस्थाहरुबाट हप्ताको आइतबार, मंगलबार र बिहिबार गरी ३ दिन मात्र बैँकिङ सेवा सञ्चालन गर्न पाउने छन् । अन्य नियमआदेश भने यथावत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Be the first to comment on "दोलखामा रुप बद्लिएको निषेधाज्ञा !"