गोकर्णप्रसाद भण्डारी
बिश्व नै माहामारिमा परिरहेको बेला थोरै मानिसहरु सामाजिक कार्यमा संलग्न भए । । नेपालमा पनि कोभिड १९ दोस्रो लहरले देश पहिलो लहरमा भन्दा दोस्रो लहरमा अझ बढि आक्रान्त बन्यो । दोस्रो लहरमा नेपाली नागरिकहरुले अक्सिजन र अन्य औषधि जन्य सामाग्रीको अभाबले मृत्यु अगाल्नु पर्याे ।
नेपालमा धेरैजसो नागरिकहरु अक्सिजन अभाबले नै मृत्यु भएको हामी सबैलाई जगजाहेर छ । दोलखाले अक्सिजनकै अभाब स्वरुप देशकै एक असल र दोलखालीहरुका अभिभाबक सांसद पशुपति चौलागाई गुमायो । तेति मात्रै हैन कोभिडकै कारण जिल्लाले एक जना हस्ति पत्रकार रबिन्द्र गौतम र शिक्षाबिद् समाजसेबि श्रीकृष्ण दाहाल जस्ता थुप्रै नागरिक गुमाउँदा सिङ्गो जिल्ला शोकमा मात्रै परेन सिङ्गो दोलखा त्रासमा रह्यो । यहि कोभिड आक्रान्त बनेको समाजलाई मलम लगाउने उदेश्यले दाङका युवाहरुको सिको गर्दै दोलखामा पनि हामीले मेरो एक हजार अक्सिजन किन्नलाई भन्ने अभियान चलाउने बारे छलफल भयो ।
म आफै, पत्रकार श्रृजनकुमार घिमिरे,पत्रकार सुजन काफ्ले पत्रकार धनराज तमाङ ब्यवसायि नबराज खड्का बिच सल्लाह बमोजिम हामीले मेरो एक हजार अक्सिजन किन्नलाई भन्ने अभियान संञ्चालन गरेर एक हजार रकम जम्मा गरेर अभियानको सुरु गरौं भन्दै सामाजिक सञ्जालमा आब्हान गरियौं । सुरुमा मैले यो अभियानका लागि कसो होला भनेर फेसबुकमा राख्दा धेरैको पोजेटिभ सल्लाह आएसँगै यो अभियानलाई अगाडि बढाएका थियौं । यो अभियानमा हामीलाई धेरै क्षेत्रका दुई सय ५ दोलखाली देश तथा बिदेशमा रहेका युवाहरुले सहयोग र साथ दिनु भो । उहाँहरुलाई हामी अभियानका सुरुवात गर्ने टोलिको तर्फबाट हार्दिक आभार भन्न चाहान्छु ।
यो अभियानलाई अत्यन्तै सर्पाेट र सहयोग गर्ने मित्र पुस्कर अधिकारीको पनि खटाई कम्ति महत्वपुर्ण छैन । यो अभियानलाई संस्थागत गर्दै हामीलाई सहयोग गर्नु हुने र यो अभियानमा हातेमालो गर्नु हुने नागरिक अगुवा एबं हाम्रो अभिभाबक चिरञ्जिबि मास्के प्रति पनि हार्दिक साधुबाद भन्न चाहान्छौं । कहिल्यै नेगेटिभ नहुने युवाहरुको साथ र सहयोगका भरोसा मास्के दाई यस्ता सामाजिक कार्यमा कहिल्यै नगरौं यो आबश्यक छैन यो बेठिक हो भन्ने मान्छे हैन उहाँ सँधै सामाजिक कार्यका लागि अग्रभागमा रहेर कार्य गर्ने भएकैले मेरो एक हजार अक्सिजन किन्नलाई अभियानलाई संस्थागत गर्दै अक्सिजन किनेर बाँढुन्जेल अन्तिम समय सम्म फिल्डमा खटिरहनु भयो । त्यसकारण पनि उहाँ प्रति हामी कृतज्ञ छौं । हामीले रकम संकलनमा पनि मास्के दाई संरक्षक रहेकै बिष्णु लक्ष्मि साहित्य पुरस्कार समितिको खातालाई प्रयोग गरेर अगाडि बढेका थियौं ।
यो अभियान भन्दा पहिला नै दोलखामा राहत स्वरुप सहयोग संकलनका लागि दोलखाको बिकट दक्षिणी गाउँ क्षेत्रपाका साथिहरु आफ्नै गाउँका लागि केहि गरौं भनेर जुटिरहेका थिए । तर त्यो अभियानमा जुटिरहेका मित्रहरु पुस्कर अधिकारी ,भरत श्रेष्ठ रमेश श्रेष्ठहरु आफ्नो गाउँका लागि मात्रै सिमित भएनन् उनिहरुले पनि मेरो एक हजार अक्सिजन किन्नलाई भन्ने अभियानलाई ब्यापक ढङ्गले अगाडि बढाउन सहयोग पु¥याए ।
यो अभियानमा क्षेत्रपाका देखिएका र नदेखिएका थुप्रै साथिहरुको योगदानलाई हामी भुल्न सक्दैनौं । क्षेत्रपा यउटा तेस्तो गाउँ रहेछ जहाँ प्रत्येक पाईला पाईलामा सामाजिक मनोभाबना भएका नागरिकहरु बसेको महसुस भयो अभियान सञ्चालन गर्दै गर्दा । खास गरि रकम ठुलो थिएन हामीले संकलन गरेको हजार तर क्षेत्रपाली युवायुवतिको करोडौं समाजिक भाबना प्रति हामी उच्च प्रशंसा गर्न चाहान्छौ । यो अभियानमा सबै भन्दा चासो र चिन्ता प्रकट गर्दै अत्यन्तै महत्वपुर्ण समय सहित आर्थिक भाैितक नैतिक रुपमा साथ दिनु हुने राप्रपाका केन्द्रिय नेता तथा समाजसेबि सोभित उपे्रति दाई प्रति पनि बिशेष सम्मान प्रकट गर्दछौ । उहाँले हामीलाई आर्थिक सहयोग मात्रै हैन, दोलखामा अक्सिजन झार्न सम्मको महत्वपुर्ण भुमिका प्रति हामी उहाँलाई खुलेरै तारिफ गर्न चाहान्छौं । उहाँले दोलखाका हरेक सामाजिक कार्यमा आफ्नो उपस्थिति जनाउनु भएको मात्रै छैन हरेक अभियानलाई सहयोग गर्नु भएको छ । दोलखाली युवाहरुले उठाएको थोरै रकमको अक्सिजन किन्न पनि कम्ति कष्टकर थियन सबै भन्दा अभाबको सामाग्रीको रुपमा रहेको अक्सिजन सहज ढंगले ब्यवस्था मिलाई दिने सोभित दाई प्रति हार्दिक आभार । अक्सिजन खोज्न पनि सोभित दाईलाई मास्के दाईले अनुरोध गर्नु भएको थियो । मास्के दाई र सोभित दाई प्रति हामी त्यसैले पनि यो अभियानको तर्फबाट बिशेष सम्मान भन्न चाहान्छौ ।
हाम्रो अभियानमा केहि अन्य ब्यक्तिहरुले निकै महत्वपुर्ण सहयोग गर्नु भयो । यो अभियानको तर्फबाट हामी सकेसम्म सबैलाई सम्झन चाहान्छौं, मेलेसियाबाट समाजसेबि तथा दोलखाली समाज मलेसियाका अध्यक्ष रमेश बस्नेत,समाजसेबि श्रबण कुमार श्रेष्ठ (श्रेष्ठले अभियानमा १ लाख ३० हजार सहयोग),जापानबाट श्याम ओली,रसियाबाट पार्शुक पोखरेल,साईप्रसबाट सबिता बुढाथोकी,जस्ता दर्जनौ परदेशमा रहनु भएका युवाहरुले यो अभियानमा रकम मात्रै संकलन हैन यो अभियानलाई जोडतोडले अगाडि बढाउन उल्लेख्य योगदान दिनु भयो । यो अभियानमा दोलखाबाट हामीलाई निकै ठुलो सहयोग गर्ने अबतार सिंह लामा ,सबिता सेडाँई (सबु), धुर्ब आर्चाय,देबिका थामी ,तिर्थ बहादुर खड्का,चन्द्र थामी ,चन्द्रप्रसाद दाहाल ,तुलसाङ लामा , कोरियाबाट केदार ओली, अमेरिकाबाट सानु शेर्पा,मलेसियाबाट रामकृष्ण थामी, पत्रकार सुवास योञ्जन,पत्रकार मुरारी दुलाल, पत्रकार सन्तोष भुजेल, समाजसेबि कमल चौहान,समाजसेबि सुरेन्द्र उप्रेति, समाजसेबि बिष्णुवरसिंह थापा ,पत्रकार सुबास बस्नेत, पत्रकार चन्द्र खड्का अनन्त प्रति पनि हार्दिक आभार भन्न चाहान्छौं । खास गरि यो अभियानले धेरै ठुलो काम त गरेका हैनौं खालि यो अभियानमा देश तथा बिदेशबाट युवाहरुको सहभागिता नै महत्वपुर्ण थियो यो अभियानमा करिब ४ लाख ८५ हजार रकम संकलन गरेर हामीले पाँच लाख भन्दा माथि खर्च गरियौं ।यो अभियानमा अहोरात्र खटेर सहयोग गर्ने देश तथा बिदेशमा रहनु भएका दोलखाली र अन्य जिल्लाका केहि साथिहरु प्रति पनि बिशेष आभारि छौं । यो अभियान चल्दै गर्दा हाम्रो अभियानबाट प्रभाबित भएर थुप्रै नागरिकहरु पनि आआफ्नै शैलिमा सहयोग जुटाई रहेका थिए । जापानमा रहनु हुने नेपाली कांग्रेसका नेता सम्भु केसिले गौरीशंकर बिजनेस ग्रुपको नामबाट रकम संकलन गरि दोलखालीहरुलाई सहयोग गर्न आतुर देखिन्थे र उनले थुप्रै दोलखामा सहयोग समेत गरे ।उनलाई आफ्नै किसिमले सहयोग गर्याे भनेर उनलाई दोलखाली समाजले समेत कारबाहि समेत गरेको बुझिएको थियो । तर केसिले हिम्मत नहारि परदेशबाट जिल्लालाई सहयोग गरिरहे । हामीलाई संस्थागत सहयोग समेत गरेका केहि संस्थाहरुको पनि यहाँ नाम लिन चाहान्छौं । यो अभियानमा संस्थागत सहयोग गर्ने परदेशिहरुकै अगुवाईमा खुलेको स्मार्ट दोलखा स्वतन्त्र आवाज,दोलखाली समाज युयई दोलखाली समाज अष्ट्रेलिया लगायतका परदेशि संस्थाहरु प्रति पनि बिशेष आभार सहित यो अभियानमा सहयोग गर्ने सबैलाई सम्मान प्रकट गर्न चाहान्छौं । खास गरि अभियानमाले रकम थोरै संकलन भएपनि हाम्रो उदेश्य पनि सानो सहयोग बाट नै तल्लो तहका नागरिकहरु अक्सिजन अभाबले गर्दा मृत्युबरण गर्न नपरोस भन्ने नै थियो । यो अभियानले २५ वटा भरिएको सिलिण्डर र १२ वटा रेगुलेटर खरिद गरेर दोलखाको सिङटी असपताल, जिरी अस्पताल ,चरिकोट अस्पताल, बैतेश्वर अस्पतालमा पु¥याएका छौं । एक हजारबाट सुरु भएको अभियानले पाँच लाख जन्माउने तपाई सबै प्रति नमन । भनिन्छ थोपा थोपा मिलेर सागर बन्छ भनेझैं हजार हजारले पाँच लाख जन्मायो । यो अभियानको उदेश्य पनि यहि थियो यो अभियानमा तन मनसहित लाग्ने आर्थिक सहयोग गर्ने सबैलाई हार्दिक आभार ।
Be the first to comment on "दाेलखामा एक हजार अभियानले जन्माएको पाँच लाख"