जर्सी लिलामी गरेर महामारीमा खाद्यन्न सहयोग

चरिकोट (दीस) –कोरोना संक्रमणले देश नै अहिले तहसनहस भएको छ । यो समय राज्यकाे आर्थिक अवस्था कमजोर रहेका नागरिकहरुको जीवनयापन भने मुस्किलले चलेको छ । संकटमा सहयोगी हातले कोरोना रोकथाममा सहयोग गर्ने क्रम अहिले पनि जारी रहेको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–७ मकैबारीका युवाहरुले क्लबको जर्सी बेचेर विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । इको टुरिजम प्रमोसन एन्ड रिसर्च सेन्टर नामको जर्सी लिलामी गरि वडा नम्बर –७ कै विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । उक्त वडाका बिपन्न ३३ घर धुरी लाई राहत वितरण गरिएको क्लबका अध्यक्ष विनोद तामाङले बताए । उनले प्रत्येक परिवार  बोरा चामल, एक लिटर तेल, एक पोका नुन, एक किलो दाल, दुई थान लाईफबोई साबुन, पाँच थान मास्क, १० ट्याब्लेट सिटामोल वितरण गरेको बताए । एक परिवारलाई करिब २५ सय बराबरको सामाग्री बितरण गरिएको छ। क्लबले खेल क्षेत्रमा मात्रै नभएर सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्तो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । जर्सी तिन हजार देखि १२ हजार सम्ममा विक्रि भएको क्लबले जनाएको छ । महामारीमा सहयोग गर्न आफुहरुलाई गर्भ महसुश भएको उनले बताए ।

Shares

Be the first to comment on "जर्सी लिलामी गरेर महामारीमा खाद्यन्न सहयोग"

Leave a comment

Your email address will not be published.


*