चरिकोट (दीस) देश अहिले कोरोनाको नयाँ भेरियन्टको दोस्रो लहरको माहमारीको अबस्था रहेको छ । यस लहरमा अहिले देशमा हाल लाखौ संक्रिय संक्रमित रहेका छन् । हाल सम्म नेपालमा कोरोनाको कारण ६ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । अहिले पनि एक लाख भन्दा बढी संक्रिय संक्रमित होम आइशोलेसनमा उपचाररत रहेका छन् । गम्भिर प्रकृतिका विरामीहरु अस्पतालमा भेन्टीलेटर र आइसियुमा उपचार गरिरहेका छन् । कोरोना संक्रमण बढ्ेसँगै देशमा त्यसलाई रोक्न अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको छ ।
धेरै विरामीले कोरोना संक्रमण भएको वेला स्वास्थ्यकर्मीको परामर्शको अभावमा मृत्यु भएको छ । तर दोलखाको बैतेश्वर गाउँपालिकाको लालिगुराँस सामुदायिक अस्पतालका डाक्टर सुरेन्द्र तामाङले कोरोना संक्रमितको घर घरमा गएर कोरोना संक्रमितलाई उपचार दिएका छन् । उनको टोलीले बैतेश्वर गाउँपालिकाको वडा नंम्वर ६ ,७ र ८ का कोरोना संक्रमितकाे निशुल्क उपचार गरेको छ । संक्रमितलाई परामर्श , अक्सिजनको अबस्था र निशुल्क औषधी वितरण गरिएको डाक्टर तामाङले बताए ।
“आफ्नो ग्रामिण क्षेत्रमा आएर विरामीको उपचार गर्ने पहिले देखी नै इच्चा भएको र अहिले माहमारीमा विरामीलाई उपचारमा सहयोग पुगोस् भनेर घरमा गएर उपचार गरेको हौ , ” डा. तमाङले भने , “एमबिबिएस सकेपछि केही समय राजधानी काठमाडौको अस्पतालमा काम गरेको र ग्रामिण क्षेत्रमा आएर सामुदायिक अस्पतालमा काम गर्न लाग्दा गर्भ महसुश भएको छ । ” डाक्टरको टोलीले गाउँमा आएर उपचार गर्दा संक्रमित विरामीको मनोवल उच्च भएको बैतेश्वर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रेशमराजस्वराज रिमालले बताए । डाक्टर टोलीले निशुल्क सेवा गरेको पनि रिमालले बताए । पालिकाको वडा ६ मा पनि डाक्टरको टोलीले संक्रमित घर घरमा गएर उपचार गरेको नेकपा एमाले दोलखाका नेता ध्रुब आचार्यले बताए ।
बैतेश्वरमा ४ करोड लगानीमा सामुदायिक अस्पताल
लालिगुराँस फाउन्डेसन नेपालले गत जेष्ठ १ गतेदेखि पालिकाको वडा नम्बर ६ बुस्तीमा ४ करोड लगानीमा सामुदायिक अस्पताल सञ्चालनमा ल्याएको छ । यस अस्पतालमा १५ बेड क्षमताको अस्पताल न्युनतम शुल्कमा अत्याधुनिक स्वास्थ उपकरण बाट स्वास्थ सेवा दिने उदेश्यले लालिगुराश फाउन्डेसन नेपालले संचालनमा ल्याएको फाउन्डेसनका अध्यक्ष महेश पाख्रीनले जानकारी दिए । अस्पतालको प्रयोगशालामा रगत,खकार,युरिक एसिड,मुटु मिर्गौला,थाईराइड,दिशापिसाव परिक्षणका साथै परिवार नियोजन संम्बन्धी परामर्श र गर्भवती महिलाहरुको परिक्षण पनि हुने अस्पताल प्रशासनले जनाएको छ ।अस्पतालमा ५ बर्ष मुनिकाबालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिक लाई ओपिडी सेवा र बेड शुल्कमा सतप्रतिशत छुटको व्यवस्था रहेका अस्पतालका अध्यक्ष महेश पाख्रीनले जानकारी दिए ।
Be the first to comment on "वडा अध्यक्ष र डाक्टरको टोलीद्धारा कोरोना संक्रमितको घरमा गएर उपचार"