४ अभियानमा चौहानद्धारा आर्थिक सहयोग

चरिकोट (दीस) – युवा व्यावसायि एवं समाजसेवी कमल चौहानले माहमारी बेला बिभिन्न क्षेत्रमा सहयोग गरेका छन् । देशमा अहिले नयाँ कोरोनाको भेरिन्ट चलिरहेका बेला ४ वटा फरक फरक अभियान आर्थिक सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ दोलखाको कल्याणकारी कोषमा १५ हजार ५ सय रुपैया , पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार “संकट ब्यबस्थापन कोषमा” १० हजार तथा दोलखामा हाल चलिरहेको “ अक्सिजन किन्न एक हजार” अभियानलाई पाँच हजार रुपैया र  क्षत्रपा कोभिड नियन्त्रण अभियानलाई पाँच हजार रुपैया आर्थिक सहयोग गरेका छन् । मन्थली नगरपालिका वडा नं १३ फुलासी घर भएका चौहान लामो समय देखि दोलखाको चरिकोटमा ब्यबसाय गर्दै आएका छन् । आफ्नो जन्मदिनमा समेत क्यान्सर पीडितलाई आर्थिक सहयोग देखि अनाथालयलाई खाद्यान्न सहयोग गर्दै आएका चौहानले पत्रकारलाई जोखिम संग समाना गर्न सजिलो होस भनेर आफुले सानै भएपनि सहयोग गरेको बताएका छन् । चौहानले भने “रामेछापका पत्रकार साथीहरूलाई आफुले सानो सहयोग मात्र गरेको हुँ यसले पनि केही राहत महसुस गर्नु हुने छ भन्ने आशा गरेक छु ”। चौहानको सहयोगले महामारीमा पत्रकारको सुरक्षा अभियानलाई टेवा पुगेको नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईले बताए । एक हजार अभियानमा साथ दिएका चौहानले समाजिक कार्यमा साथ दिएको सामाजिक अभियान्ता गोकर्ण भण्डारीले बताए । उनी दोलखाबाट सञ्चालित अनलाइन संस्करण ओके कान्तिपुरका निर्देशक पनि हुन् ।

Shares

Be the first to comment on "४ अभियानमा चौहानद्धारा आर्थिक सहयोग"

Leave a comment

Your email address will not be published.


*