दोलखामा आज एक जना कोरोना संक्रमितकाे मृत्यु

रिकोट (दीस) –दोलखामा आज एक जना कोरोना संक्रमितकाे मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका १ का ६१ बर्षिय पुरुष रहेका छन् । उनको उपचार क्रममा चरिकोट स्थीत चरिकोट अस्पतालमा दिउँसो १२ बजे मृत्यु भएको हो । उनलाई ज्वरो,पखाल र फोक्सो सम्बन्धी समस्या देखा परेपछि गत बैसाख २९ गते कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएको थियो । उनको आइतबार मात्र स्वाव टेष्टको रिपोर्ट पोजेटिभ आएको थियो ।  घरमा नै आइशोलेसनमा बसेका उनलाई आइतबार अप्ठ्यारो महशुस भएको र उपचार गर्न चरिकोट अस्पताल ल्याइएको थियाे । आज उनको उपचार क्रममा मृत्यु भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य प्रमुख श्याम खडकाले जानकारी दिए ।

Shares

Be the first to comment on "दोलखामा आज एक जना कोरोना संक्रमितकाे मृत्यु"

Leave a comment

Your email address will not be published.


*