२ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ । साताको पहिलो दिन कारोबार रकममा समेत उत्साहजनक वृद्धि देखिएको छ । ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बजार ५४.२६ अंकले बढ्यो । यो २.०२ प्रतिशतको वृद्धिदर हो । आइतबार कारोबार रकम १० अर्ब ४० करोड ३८ लाख भएको छ । बजार २७३८.३५ अंकमा पुगेर रोकिएको छ । आज ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार कुल २१४ कम्पनीको १ लाख १३ हजार ६९ वटा कारोबार भएको छ । यी कारोबारमा कुल २ करोड १४ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच भएको छ । आइतबार सबैजसो परिसूचकमा हरियाली छायो । यसमध्ये निर्जिवन बीमा समूहको परिसूचक सबैभन्दा बढी बढ्यो । त्यसपछि क्रमशः विकास बैक, जिवन बीमा, लगानी समुहको परिसूचकमा वृद्धि भएको छ । आज रुरु जलविद्यूत आयोजनाको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भयो । यो कम्पनीका लगानीकर्ताले बढी कमाए । यसबाहेक शिखर इन्स्यारेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाए । आज बढी गुमाउनेमा भने युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, नारायणी विकास बैंक, घलेम्दी हाइड्रोलगायत रहेका छन् ।
नेप्सेमा उत्साह, ५४.२६ अंक बढ्दा कारोबार रकम १० अर्बभन्दा माथि
TOPICS:अर्थ/बजार
Posted By: दीक्षण दैनिक २ जेष्ठ २०७८, आईतवार १८:४४
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "नेप्सेमा उत्साह, ५४.२६ अंक बढ्दा कारोबार रकम १० अर्बभन्दा माथि"