पीसीआर टेष्ट गर्ने दोलखामा यी हुन् नायक

चरिकोट(दीस) – गत आर्थिक बर्षको सांसद विकासको कोषको रकमले दोलखामा पीसीआर मेसिन खरिद गरियो । त्यसलाई सुचारु गर्न कर्मचारीकाे  अभाबमा केही दिन लाग्यो । कर्मचारी पुर्तीसँगै अहिले दोलखाकाे चरिकोट अस्पतालमा स्थापना भएको पीसीआर मेसिनमा दोलखाका कोरोनाका संक्रमितकाे पीसीआर टेष्ट हुन थालेको छ । त्यसको रिपोर्ट ३ घण्टामा आउन थालेको छ । दाेलखामा एक साता भित्र करिब १२ सय जनाको टेष्ट भइसकेको छ । विगतमा पीसीआर टेष्ट गर्न धुलिखेल पठाउनु पर्ने झन्झटबाट अहिले दोलखाका नागरिक मुक्त भएका छन् ।पीसीआर  टेष्टकाे जिम्मेवारी तीन जनाले लिएका छन् ।जिम्मेवारी लिने  ती नायक हुन, माइक्रोवायोलोजिष्टमा नसना सुवाल , ल्यावमा रमिता श्रेष्ठ र सन्जु थामी रहेका छन् । उनीहरुकाे लगातार मेहेनतले टेष्टको रिपोर्ट ३ घण्टामा आउने गरेको चरिकोट अस्पतालका प्रमुख डाक्टर बिनोद दंगालले बताए । दोलखामा कोरोना उपचारको नेतृत्व लिएको चरिकोट अस्पतालमा २४ घण्टा  उपचारकाे  डा. दंगाल आफैले नेतृत्व लिएका छन्। उनी दोलखामा चर्चित डाक्टर हुन् ।

Shares

Be the first to comment on "पीसीआर टेष्ट गर्ने दोलखामा यी हुन् नायक"

Leave a comment

Your email address will not be published.


*